AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ग्रेडेड स्कुलमा ‘प्रायोगिक गणित’ तालिम सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ मंसिर २०८२, बिहीबार ०८:२२
549
Shares
विराटनगर / विराटनगर हाटखोला ८ मा अवस्थित ग्रेडेड स्कुलले कक्षा ५ देखि १० मा अध्ययनरत विद्यार्थीहरूका लागि प्रायोगिक गणित तालिम सम्पन्न गरेको छ।

विद्यार्थीहरूलाई दैनिक जीवनमा गणितको व्यावहारिक प्रयोग सिकाउने उद्देश्यले थालिएको यो कार्यक्रमले उनीहरूलाई गणितलाई बुझ्ने र प्रयोग गर्ने क्षमतामा थप वृद्धि गर्ने अपेक्षा गरिएको छ।

उक्त तालिम भीएकेका मुख्य कार्यकारी अधिकृत दयामान श्रेष्ठले सहजिकरण गरेका छिन्। प्रशिक्षणकामा विद्यार्थीहरूलाई हातैले गर्ने गतिविधि, परियोजना–आधारित सिकाइ तथा समस्या–समाधान केन्द्रित अभ्यासमार्फत गणितलाई सरल, रोचक र प्रयोगशील ढंगले प्रस्तुत गरिएको छ।

विद्यालय प्रिन्सिपल प्रेमलाल सिंह सुवालका अनुसार यस्तो तालिमले विद्यार्थीहरूको तार्किक सोच, विश्लेषण क्षमता तथा शैक्षिक प्रदर्शनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिए। विद्यालयले विद्यार्थीहरूको क्षमता वृद्धिका लागि विभिन्न प्रकारका तालिमहरु समयसमयमा गर्दै आएको प्रिन्सिपल सुवालले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर