AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मोरङ अदालतमा थप एक कर्मचारीमा कोरोना, आइतबारदेखि अदालत खुल्ने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० श्रावण २०७७, शुक्रबार २०:२३
702
Shares
विराटनगर / मोरङ अदालतका थप एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगरस्थित कोशी अस्पतालको ल्याबमा गराएको कोराना परीक्षण रिपोट अनुसार आज थप एक जना कर्मचारीको रिपोट पोजेटिभ आएको हो ।

यस अघि मोरङ अदालतका एक जना न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको अदालतका निमिक्त श्रेस्तेदार तथा सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए । कोरोना संक्रमण पुष्टि भएका न्यायधीश होम आइसुलेशनमा छन् । न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएपछि अदालतमा कार्यरत ५२ जनाको स्वाब संकलन गरिएको थियो । स्वाब संकलन गरिएका मध्ये थप एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको पौडेलले जानकारी दिए ।

आइतबादेखि अत्याआवश्क मात्र सेवा दिने

२६ साउनमा मोरङ अदालतका एक जना न्यायाधीशलाई कारोना संक्रमण पुष्टि भएपछि बन्द भएको अदालत आइतबारदेखि खुल्ने भएको छ ।

अदालतमा कार्यरत सम्पूर्ण कर्मचारीको स्वाब संकलन गरेपछि पूर्ण रूपमा सेनिटाइज गरेर एक सातापछि अदालत खुल्ने भएको हो ।

आइतबारदेखि खुल्ने अदालतले अत्यआवश्यक मात्र सेवा प्रभाह गर्ने भएको अदालतका निमिक्त श्रेस्तेदार पौडेलले जानकारी दिए । उनका अनुसार अत्याआवश्यक सेवाहरूमा अभियोग दर्ता भएपछि अदालतमा हुने थुनछेक बहस, पूक्राउ पूर्जी जारी, म्याद थप, १५५ निवेदन र बालवालिका सम्बन्धी निवेदनका सेवाहरू मात्र प्रभाह हुने जानकारी गराए । न्यायाधीशमा कोरोना पुष्टि भएपछि अदालतले सुरूमा २६ साउनदेखि २९ सम्म तीन दिन अदालत बन्द हुने सूचना जारी गरेको थियो । बिहीबार थप एक जना कर्मचारीमा कोरोना पुष्टि भएपछि आइतबारदेखि सेवा प्रभावह गर्ने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर