animated ellipse animated ellipse

नेराक संगठन (निजामती)को पाँचथर जिल्ला समिति निर्माण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ माघ २०७९, शनिबार २१:२५
81
Shares
पाँचथर / नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)को पाँचथर जिल्ला समिति गठन भएको छ ।

संगठनको आज सम्पन्न जिल्ला अधिवेशनबाट राजकुमार सिन्चिउरीको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा कृष्ण रिमाल, उपाध्यक्षमा नविन अधिकारी, सचिवमा प्रदीप तामाङ, सहसचिवमा रुपेश देव, कोषाध्यक्षमा सुष्मा थेबे चयन भएका छन् ।

निर्वाचित सदस्यहरुमा महेन्द्र बास्कोटा, शिवनारायण मण्डल, विरेन्द्र बानिया, चन्द्रबहादुर बमै, हर्क जबेगु, कपिलदेव मण्डल र मणिचन्द्र राई रहेका छन् ।

अधिवेशनबाट प्रदेश प्रतिनिधिमा हरि नारायण मण्डल, श्रीकुमार फुयाँल, महेन्द्र बास्कोटा र डाक्टर नगेन्द्र प्रसाद दाहाल छनौट भएका छन् । केन्द्रीय प्रतिनिधितर्फ सुरेन्द्र मुखिया र प्रदीप तामाङ चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया

फोटो फिचर