RUMPUM
animated ellipse animated ellipse

युवा उद्यमी सम्मेलन विराटनगरमा हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ मंसिर २०७८, बिहीबार १६:२७
306
Shares
विराटनगर / विराटनगरमा युवा उद्यमी महिला सम्मेलन हुने भएको छ ।

युवाहरूको ज्ञान र सीपलाई उद्यमशीलता विकासतर्फ आकर्षित गराई स्वरोजगारको माध्यमबाट आर्थिक एवं औद्योगिक विकासतर्फ उन्मुख गराउने उद्देश्यले युवा उद्यमी महिला सम्मेलन शनिबार विराटनगरमा आयोजना गर्न लागिएको हो ।

विराटनगरमा आज पत्रकार सम्मेलन गरि युवा उद्यमी मञ्च विराटनगर च्याप्टरको आयोजनामा एकदिने युवा उद्यमी महिला सम्मेलन २०२१ हुन लागेको अध्यक्ष युनेश श्रेष्ठले जानकारी दिए । महिलाहरूले आर्जन गरेको सीपलाई उद्यमशीलतामा परिवर्तन गरी आयआर्जनतर्फ उन्मुख गराई महिला सशक्तीकरणमा सहयोग पु¥याउने उद्देश्य लिई सम्मेलनको आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

सम्मेलनमा व्यापार विस्तारको योजना, बजारीकरण, कानुनी प्रावधानहरू, महिला उद्यमशीलताको विकासका लागि सरकारको योजना, बैंक तथा वित्तीय संस्थाले महिला उद्यमीहरूलाई प्रदान गरेको सहुलियतलगायत विविध पक्षहरूको विषयमा प्रस्तुति गरी अन्तरक्रिया गरिनेछ ।

व्यापार व्यवसाय गर्ने सोच बनाएका, भर्खरै व्यापार व्यवसायको प्रारम्भ गरेका महिलाहरूलाई व्यवसाय विस्तारमा सहयोग पु¥याउने लक्ष्यका १५० उद्यमी सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर