animated ellipse animated ellipse

अपराध अनुसन्धान सम्वन्धि एक दिवसिय गोष्ठी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ पुष २०८०, शुक्रबार १७:५५
117
Shares
कुमोद अधिकारी
विराटनगर / अपराध अनुसन्धान नियन्त्रण तथा समाधानका विषयमा छलफल गर्ने उदेश्यले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा प्रदेश स्तरिय अपराध अनुसन्धान सम्वन्धि गोष्ठी आयोजना गरिएको छ ।

आज भएको गोष्ठीमा कोशी प्रदेशका १४ वटै जिल्लाका प्रहरी अनुसन्धान अधिकृत तथा जिल्ला न्यायधिवक्ताहरुको सहभागिता रहेको छ ।

अपरााधका घटना नियन्त्रण गर्दै अनुसन्धान प्रक्रिया सहज वनाउन अपराध अनुसन्धानमा कार्यरत सवै निकायसंग एकिकृत रुपमा छलफल गर्ने गरि नेपाल प्रहरी अपराध अनुसन्धान विभागले गोष्ठीको आयोजना गरेको हो ।
गोष्ठीको कोशी प्रहेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शम्सेर राइले उद्घाटन गर्दै अपराध अनुसन्धानका विषयमा नेपाल प्रहरी अन्तर्राष्ट्रिय क्षेत्रमै उत्कृष्ठ रहेको वताए ।

उनले नेपाल प्रहरीको सेवालाई थप प्रभावकारी वनाउने प्रदेश सरकारले प्रदेश प्रहरी ऐन ल्याउन लागेको वताए । मन्त्री राईले नयाँ रुपमा हाम्रो समाजमा अपराधका घटनाहरु देखा परिरहेकाले त्यसको समाधानमा सवैपंक्ष जिम्मेवार भएर लाग्नुपर्ने वताए ।

ठुलो संख्यामा युवाहरु लागु औषधको शिकार वन्दै गएकाले त्यसलाई रोक्न प्रदेश सरकारले युवा लक्षित कार्यक्रम ल्याउन लागेको उनको भनाई थियो ।

अपराध अनुसन्धान विभाग काठमाण्डौका वरिष्ठ प्रहरी उपरिक्षक वसन्त रौजरिया तथा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका वरिष्ठ प्रहरी उपरिक्षक जयराज सापकोटाले अपराध अनुसन्धान पद्धतीमा गोष्ठीले नयाँ आयाम थप्ने वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर