AArya
animated ellipse animated ellipse

विराट गोल्ड कप हुने मैदानको स्वरुप तयारी तीव्र,८५ प्रतिशत मैदान तयार

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ चैत्र २०७७, बुधबार १६:४०
774
Shares
विराटनगर / चैत्र २६ गतेबाट सुरु हुने विराट गोल्डकप फुटबल प्रतियोगिताका लागि मैदान तयार पार्ने कार्य अन्तिम चरणमा पुगेको छ ।

विराटनगरस्थित सहिद मैदानमा हुने प्रतियोगिताका लागि गोल्डकप ट्रष्टले मैदान ब्यवस्थापन समितिको संयोजक मधुसुदन खनाललाई जिम्मेवारी दिएको छ । गोल्डकप हुने मिति तोकिएसंगै चैत्र ५ गतेबाट खनाल र सह संयोजक अरुण लामासहितको टोली मैदान तयार गर्नका लागि ब्यस्त रहेका छन् । संयोजक खनालले फ्लड लाइट्स जडानका क्रममा मैदानको स्वरुप विग्रिएको अवस्थाबाट अहिले धेरै स्तरीय बन्दै गएको बताए ।

‘यसअघि फ्लडलाइट्स जडानका क्रममा ठूला सवारी साधनको कारण मैदानमा खाल्डा खुल्डी भएको र घाँससमेत मरेको अवस्था थियो,’ उनले भने। यद्धपी, कम समय भएपनि अहिले मैदान स्तरोन्नतीकार्य ८५ प्रतिशत पुरा गर्न सफल भएको उनको भनाई छ ।

यसक्रममा मैदान सम्याउनका लागि करिब १९ ट्रयाक्टर माटो भरिएको बताएका खनालले मैदानमा १३ ट्र्याक्टर चपरी माटो ल्याएर रोपिएको जानकारी दिए । मैदानमा घाँस ब्यवस्थित गर्नका लागि यूरियासंगै पानी पटाउने कार्य भइरहेको खनालले जानकारी दिए ।

मैदानलाई स्तरीय बनाउनको लागि सुरुआतमा १४ जनासम्म श्रमिक खटाइएको थियो। यद्धपी हाल काम र जिम्मेवारीसंगै सो संख्यामा कटौति गरिएको छ ।

चैत्र २६ गते सुरु हुने गोल्डकप बैशाख ४ गते सम्पन्न हुनेछ। स्थायी संरचनासहित पहिलोपटक मोफसलमा रात्रीकालिन खेल हुनेछ । आयोजक ट्रष्टका अनुसार खेल बेलुका ७ बजे सुरु हुनेछ । प्रतियोगितामा विजयी हुने टोलीले १५ लाख १५ हजार नगद र ट्रफी हात पार्नेछ ।

प्रतियोगितामा नेपाल, भारत, र क्यामरुनको गरि कुल १० वटा टोलीको सहभागिता रहने ट्रष्टले जनाएको छ । ट्रष्टले प्रतियोगिता सुरक्षित रुपमा सम्पन्न गर्नका लागि मैदानको चौतर्फी सिसिटिभी क्यामेरा र सुरक्षाकर्मीको बाक्लो उपस्थिती गराउने जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर