RUMPUM
animated ellipse animated ellipse

सुरक्षाकर्मी सुरक्षित भएमा मात्र आम नागरीकले सुरक्षाको प्रत्याभुति पाउँछन : मुख्य मन्त्री कार्की

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ फाल्गुन २०७९, बिहीबार १५:४५
135
Shares
विराटनगर / प्रदेशका १ का मन्त्री हिक्मतकुमार कार्कीले भौतिक पूर्वाधारको अभाव र अपर्याप्तताले प्रहरी सेवाका कार्यहरुमा प्रत्यक्ष असर पर्ने बताएका छन् ।

आज १ नम्बर प्रदेश प्रहरी कार्यालयको नव निर्मित भवनको समुदघाटन गर्दै सो कुरा बताएका हुन् । उनले सुबिधा सम्पन्न भवन प्राप्त भए संगै नागरीक सेवामा बिगतका दिनहरु भन्दा प्रभावकारी ढंगले अगाढी बढ्न नव निर्मित भवनको योगदान रहने बताए ।

मुख्य मन्त्री कार्कीले सुरक्षाकर्मी सुरक्षित भएमा मात्र आम नागरीकले सुरक्षाको प्रत्याभुति पाउने हुँदा सुरक्षाकर्मीको सुरक्षामा प्रदेश सरकार सदैव तत्पर रहेको समेत बताए ।

कार्यालयको हाता भित्र आयोजित कार्यक्रमका बिच मुख्य मन्त्रीले शिलालेख अनावरण गरी बिधिवत रुपमा समुद्घाटन गरेका हुन् । प्रहरी संगठन प्रमुख प्रहरी महानिरिक्षक धिरज प्रताप सिंहले शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको बताउँदै प्रदेश सरकारबाट प्रदेश प्रहरीलाई प्राप्त नयाँ भवन संगै कार्यरत प्रहरी कर्मचारीहरुमा थप मनोवल उच्च हुने बताए । उनले प्रदेश प्रहरी कार्यालयबाट आम नागरिकमा प्रदान हुने सेवा समेत समयानुसार स्तरिय हुदै जाने धारणा ब्यक्त गरे । उनले यस भवनमा बस्ने प्रहरी कर्मचारहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफु बिश्वस्त रहेको बताउँदै कानूनको परिधिमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिए ।

प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्यामलाल ज्ञवालीले सुबिधा सम्पन्न भौतिक सुबिधाले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकुल वातावरण सिर्जना गर्ने बताए । उनले सुबिधा सम्पन्न भवन प्राप्त भएसंगै थप जोश र उर्जाका साथ प्रहरी काम कारवाही गर्न प्रेरणा मिलेको बताए ।

कार्यक्रममा मुख्य मन्त्री कार्कीले भवन निर्माणमा उल्लेख्य योगदान र्पुयाउनु हुने निर्माण कम्पनी तथा १ नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक ढुण्डीराज गिरी र महेश भट्टराईलाई प्रशंसा पत्रले सम्मान गरे ।

कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनिल रानाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरे । १ नं. प्रदेश आन्तारिक मामिला तथा कानुन मन्त्रालयबाट वजेट विनियोजित भई कुल १९ करोड १४ लाख ०१ हजार ६६३ रुपैयाको लागतमा साना ठुला गरी ७५ वटा कोठा भएको ५ तले कार्यालय भवन निर्माण सम्पन्न भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर