animated ellipse animated ellipse

अर्किड कलेजले गर्यो कक्षा १२ का विद्यार्थीलाई विदाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ बैशाख २०८१, बुधबार १७:१९
189
Shares
विराटनगर /विराटनगर – १० मा रहेको अर्किड कलेजले कक्षा १२ मा अध्यनरत विद्यार्थीहरुलाई आज एक गरी १५ औ ब्याजको विद्यार्थीहरुलाई विदाई गरेको हो ।

कलेजमा विज्ञान तथा व्यवस्थापक संकायका ६ सय ५० जना अध्ययनरत विद्यार्थीहरुलाई विदाई गरेका थिए । विदाई कार्यक्रममा कलेजको आन्तरिक परीक्षामा उत्कृष्ट विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको थियो ।

कलेज व्यवस्थापन समितीका अध्यक्ष अमित ढकाल, हिसान कोशी प्रदेश सचिव दिपेश वास्तोला र कलेजका प्रिन्सिपल सिएम श्रेष्ठलगायतले विद्यार्थीहरुलाई सफलताको शुभकामना व्यक्त गर्दै विदाई गरे ।

कलेजबाट विदाई हुने विद्यार्थी दिलसा नेपाल, विशाल दाहाल र अनुूकृत शाक्यले कलेजमा वितेका दुई वर्षको अनुभव सुनाएका थिए । कार्यक्रममा विद्यार्थीले नृत्य तथा गित गाएर कार्यक्रमको सोभा बढाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर