AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एसईई रनिङ्ग शिल्डमा चार स्कुल अन्तिम आठमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ श्रावण २०८०, सोमबार १८:४३
279
Shares
विराटनगर/ दोस्रो संस्करणको एसईई कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा मोरङ र सुनसरीका चार वटा स्कुल अन्तिम आठमा पुगेका छन् ।

विराटनगरमा आज भएको खेलमा सुनसरी दुहबीको थर्ड आई स्कुल, सहिद स्मृती आवसिय मावि, मोरङ कटहरीको प्रजातन्त्र मावि, र विराटनगरको सत्यनारयण मावि विजयी भई अन्तिम आठमा पुगेको हो ।

पहिलो खेलमा थर्ड आई स्कुलले विराटनगरको डन बस्को स्कुललाई १ – ० गोल पराजित गरो । जितको लागि थर्ड आइका सुसान्त चौधरीले निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच आशिष कामत घोषित भए ।

दोस्रो खेलमा सहिद स्मृती आवसिय माबिले माउन्ट मनास्लु स्कुललाई टाइब्रेकरमा ४–२ गोलले हरायो । निर्धारित समयसम्म १–१ गोलको बराबरी भएपछि जितको निर्णाय टाइब्रेकरबाट भयो ।

तेस्रो खेलमा प्रजातन्त्र माबिले दिल्ली पब्लिक स्कुललाई २ –१ गोलले निरास बनायो । जितको लागि दुवै गोल प्रजातन्त्र माविका अनुज उरावले गरे । सान्तवना गोल डिपिएसका जेनिल बिष्टले फर्काए । खेलको म्यान अफ द म्याच प्रजातन्त्र माविका अमित सरदार भए ।

चौथो खेलमा सत्यनारायण माबिले सनसाइन स्कुललाई १–० गोलले हरायो । जितको लागि निर्णायक गोल हेमन्त राजबंशीले गरे । म्यान अफ द म्याच सनसाईन स्कुलका समीर लामा घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर