RUMPUM
animated ellipse animated ellipse

तस्करीको कपडासहित तस्कर पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ भाद्र २०७८, आईतवार १९:२७
1.69k
Shares
विराटनगर/ भारतदेखि अवैध रूपमा मध्य राती तस्करी भएर आएको कपडा नियन्त्रण लिन खोज्दा तस्करले प्रहरीमाथि हातपात गरेको छ ।

कपडा तस्करी गर्ने तस्करको गिरोह विराटनगर १३ का ३२ वर्षिय नरेश यादवले डियुटिमा खटिएका प्रहरीमाथि हातहात गरेका हुन् ।

तस्करी गरेर ल्याएको ९ पोका कपडा प्रहरीले छोडन नमान्दा तस्कर यादवले डियुटिमा खटिएका प्रहरीमाथि हातपात गरेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले तस्करीमा संलग्न यादव र को २ ह ६२२६ नम्बरको अटोमा तस्करी गरि ल्याउँदै गरेको ९ पोको कपडा पनि प्रहरीले बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । बरामद भएको एक पोका ३० देखि ४० पिस कपडा हुने गर्दछ ।

शनिबार राती तस्करीको कपडा आएको सूचना पाएपछि विराटनगर १२ स्थित बखरी प्रहरी चौकीका असइ भुवन श्रेष्ठको नेतृत्वको टोली नेपाल र भारतको सीमा क्षेत्र दरैयाबस्तीमा पुगेको थियो । विराटनगर १२ दरैयास्थित को २ ह ६२२६ नम्बरको अटोमा तस्करीको कपडा थियो । सादा पोशकका प्रहरी टोलीले सुरूमा तस्करीको कपडा दरैयाबस्तीमा नियन्त्रणमा लिएको थियो । त्यसपछि तस्करीको स्किटिङ्ग गर्दै को १९ प ६३२३ नम्बरको मोटसाइकमा अगाडी बढेका थिए ।

प्रहरीले कपडा नियन्त्रणमा लिएपछि यादव घटनास्थलमा आएका थिए । सादा पोशाकमा प्रहरी रहेकोले सामान छोडन हातपात गर्दै प्रहरीसँग धक्काधक्की भयो । त्यसपछि वडा प्रहरी कार्यालय विराटनगरका डिएपी दिपक कार्की, बखरी प्रहरी र मोरङ प्रहरीबाट गएको थप प्रहरी टोलीलाई यादवलाई र तस्करीको कपडा नियन्त्रणमा लिएर आएको प्रहरीले जनाएको छ । तस्करको समूहले हातपात गरेको कारणले बखरी प्रहरीका जवान करण मण्डल सामान्य घाइते भएका छन् । उनको खुट्टामा चोटपटक लगेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका यादवले यसअघि पनि प्रतिबन्धित औषधी तस्करी गरि भण्डान गरिएको अवस्थामा बरामद गर्दा डियुटिमा खटिएका प्रहरीलाई धम्कि दिएका थिए । भारतदेखि तस्करी गरी ल्याएको औषधी मोरङ प्रहरीले छापा हानेर बरामद गरेको छ । गत मंसिर ९ गते यादवले तस्करी गरेर ल्याइएको औषधि विराटनगर– १३ स्थित घरमा भण्डारन गरी राखिएको अवस्थामा मोरङ प्रहरीले बरामद गरेको थियो । औषधी बरामद गरेपछि यादवले त्यसबेला जतुवाका सिआरबीका असइलाई फोन गरेर अपशब्द प्रयोग गर्दै धम्की दिएका थिए । त्यसबेला असइले धम्की दिने यादवलाई आवश्यक कारवाहीको लागि मोरङ प्रहरीमा निवेदन समेत दिएका थिए ।

प्रहरीले पक्राउ परेका यादव र तस्करीको कपडा, अटो र मोटरसाइकल विराटनगर भन्सार कार्यालय आज बुझाएको डिएसपी श्रेष्ठले जानकारी दिए । यादवलाई भन्सार बुझाएपछि मोरङ प्रहरीले डियुटिमा खटिएको प्रहरीमाथि हातपात गरेकोले थप कारवाहीको प्रक्रिया पनि अगाडी बढाउने तयारी गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर