ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा थप आज एक जना ६९ वर्षीय वृद्धको मृत्यु, विराटनगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुग्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ भाद्र २०७७, शनिबार १९:१३
1.14k
Shares
विराटनगर / कोरोना संक्रमणका कारण प्रदेश १ को राजधानी विराटनगरमा थप एकजनाको मृत्यु भएको छ ।

आज कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत विराटनगर ८ का ६९ वर्षीय । वृद्धको मृत्यु भएको हो । वृद्धको मृत्यु भएसँगै विराटनगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । मृतक पुरुषलाई भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि कोशी कोभिड अस्पतालमा लगिएको थियो ।

उपचारका क्रममा आज दिउँसो साढे १२ बजे मृत्यु भएको जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार मृतक पुरुषमा सुगर र प्रेसरको समस्या थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर