AArya
animated ellipse animated ellipse

नेम्वाङको पशुपति आर्यघाटमा आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिंदै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ भाद्र २०८०, बिहीबार ०७:५१
297
Shares
विराटनगर / संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पशुपति आर्यघाटमा राजकीय सम्मानसहित आज अन्त्येष्टि गरिंदैछ ।

नेम्वाङको सोमबार राति निधन भएको थियो । दुई दिनसम्म पार्टी कार्यालय च्यासलमा राखिएको उनको पार्थिव शरीरलाई बुधबार बालुवाटारस्थित निवासमा लगिएको छ ।

उनको शवयात्रामा सहभागी भई अन्तिम श्रद्धाञ्जली अपर्णका लागि बिहान ११ बजे निजी सवारीसाधन हुने शंखपार्क, धुम्बाराही र सवारीसाधन नहुनेहरू गौशाला (वडा प्रहरी कार्यालय अगाडि) पुग्न एमालेले बुधवार साँझ एक विज्ञप्ति निकाल्दै अनुरोध गरेको छ ।

शवयात्राको रुट उनको निजी निवास बालुवाटार–शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाट रहेको छ ।

विदेशमा रहेका २ छोरा आउन केही ढिला भएकाले नेम्वाङको अन्त्येष्टि केही ढिला भएको हो । छोराहरू बुधवार नै नेपाल आइसकेकाले अन्त्येष्टि आजका लागि तय भएको हो ।

नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि हुने भएकोले सरकारले आज शोक बिदा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर