AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा २ सय ७६ जना कोरोना संक्रमित निको भए , थपिए ९४ संक्रमित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ पुष २०७७, सोमबार १६:११
405
Shares
विराटनगर / प्रदेश १ मा २ सय ७६ जना कोरोना संक्रमित निको भएका छन् ।

होमआईसोलेसनबाट २ सय ७०, विराट मेडिकल कलेजबाट ३, मेची अस्पतालबाट २ र न्युरो अस्पतालबाट १ जना निको भएका हुन । हालसम्म निको हुनेको संख्या २५ हजार ३ सय ९५ पुगेको छ ।

प्रदेश १ मा आज ९४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५२, सुनसरीमा १९, झापामा ८, संखुवासभामा ३, इलाममा २, भोजपुर, उदयपुर, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा २७, सुन्दरहरैचामा ६, बेलबारीमा ४, बुढीगंगामा ३, ग्रामथान, लेटाङ, कटहरी, उर्लाबारीमा २–२, केराबरी, रंगेली, रतुवामाई र स्थानीय तह नखुलेका १–१, सुनसरीको इटहरीमा ८, धरानमा ४, दुहवीमा २, रामधुनी, देवानगञ्ज, बराहक्षेत्र, इनरुवा र स्थानीय तह नखुलेका १–१, झापाको कनकाई, बा¥हदशी, विर्तामोड, दमक, गौरादह, शिवसताक्षी, भद्रपुर र स्थानीय तह नखुलेका १–१, संखुवासभाको धर्मदेवीमा २ र स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिकामा २, भोजपुर, उदयपुरको बेलका, पाँचथर, ताप्लेजुङको पाथीभरा याङवरकमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ४ सय २६ पुगेको छ ।

प्रदेश १ मा आज ७ सय ५० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ४१ म्हिला र ५३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ५ हजार ६ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर