चट्याङमा परी मोरङमा १ जनाको मृत्यु, ४ जना घाईते

खबर पूर्वाञ्चल, ९ असार २०७८, बुधबार १६:४५

रंगेली / मोरङको रंगेली नगरपालिका ६ मा आज चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने ४ जना घाईते छन् ।

चट्याङमा परेर स्थानीय २० वर्षीय नितेश रायको मृत्यु भएको हो । मोरङको रंगेली ननगरपालिका ६ मलङ्गथान स्थितमा रहेको पिठारीको रुख मुनि सितल छहारीमा गफ गरी बसिरहेको अवस्थामा अचानक चट्याङ पर्दा १ जनाको मृत्यु र ४ जना घाईते भएका हुन् ।

आज दिउँसो साढे १ बजे परेको चट्याङबाट गम्भिर घाईते भएका रायको रंगेली अस्पतालमा र्पुयाउन साथ मृत्यु भएको थियो भने सोही स्थानका ४५ बर्षीय अशोक मण्डल, १७ बर्षीय विजय मण्डल, २२ बर्षीया संगिता राय, र २७ बर्षीय रविन मण्डल घाईते भएका छन् । घाईतेहरुको रङेली अस्पतालमा उपचार भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५