AArya
RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेश खेलकुद बोर्डमा एक दिने योगा प्रशिक्षण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ चैत्र २०८१, सोमबार १६:५८
126
Shares
विराटनगर / कोशी प्रदेश खेलकुद विकास बोर्डले विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसर पारेर एक दिने योगा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ।

आज विराटनगर स्थित बोर्डको कार्यालयमा एक दिने योगा प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो।

बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ( पर्शुराम ) ले शरीर तन्दुरुस्त र निरोगी बनाउनु साथै मानसिक स्वास्थ्यका लागि समेत योगा महत्वपूर्ण रहेकोले एक दिने योगा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको बताए। बस्नेतले बालकदेखि वृद्धसम्मलाई हितकारी हुने योगाको अभ्यास र प्रवर्द्धनमा बोर्डले सक्रियता साथ भूमिका खेल्ने धारणा समेत व्यक्त गरे ।

योगा प्रशिक्षक शिल्पा प्याकुरेलले दिएकी प्रशिक्षण कार्यक्रममा कोशी प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवार , बोर्डकी उपाध्यक्ष विन्दिया कार्की , विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीलगायत बोर्ड मातहतका कर्मचारीहरु , विभिन्न खेल र खेल सम्वद्ध संघ र संगठनमा आवद्ध खेलकुदकर्मीहरुको उपस्थिति रहेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर