विराटनगरमा भेन्टिलेटरसहितको कोभिड अस्पताल बनाउन काँग्रेसको माग

खबर पूर्वाञ्चल, २७ आश्विन २०७७, मंगलवार १९:५२

विराटनगर/ सामुदाय स्तरमा कोरोना संक्रमण तिब्र रूपमा फैलिए पछि विराटनगरमा १५ दिन दिन भित्रमा १ हजार शैयाको भेन्टिलेटरसहितको कोभिड अस्पताल निर्माण गर्न नेपाली काँग्रेसले माग गरेको छ ।

प्रदेश १ को प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरि यस्तो माग राखेका हुन् ।

विपक्षी दलका नेता राजीव कोइराला र प्रमुख सचेतक केदार कार्कीले १ हजार शय्याको कोभिड अस्पताल प्रदेश सरकारले तत्काल निर्माण गर्न जोड दिए ।

नेता कोरालाले चौतर्फी सङकटका बेला राज्य उदासीन र एकलकाँटे भएको आरोप लगाए । ‘लकडाउनको समयमा प्रदेश सरकारले भेन्टिलेटरसहितको कोभिड अस्पताल निर्माण गर्ने प्रयाप्त समय थियो,’ उनले भने, ‘सरकार कोरोना रोकथाम र नियन्त्रणमा उदासिन भयो ।’ उनले प्रदेश सरकारले विपद् व्यवस्थापन समितिलाई क्रियाशील बनाउन पनि चुकेको बताए । नेता कोइरालाले विषम परिस्थितिमा प्रदेश सभामा सरकारले जनताका आवाज सुन्नुपर्ने भएकोले तुरुन्त अधिवेशन बोलाउन माग राखेका छन् । साउन ९ गते प्रदेशको बजेट अधिवेशन समाप्त गरिएको जानकारी दिदै उनले हिउँदे अधिवेशन तुरुन्त सञ्चालन गर्न आग्रह गरे ।

प्रदेश सभाका प्रमुख सचेतक कार्कीले कोभिड नियन्त्रण र रोकथाममा भन्दा पनि प्रदेश सरकार सभा, समारोहको उद्घानमा व्यस्त हुन थालेको बताए । ‘ भेन्टिलेटरयुक्त उपचार नपाएर प्रदेशमा कोभिड–१९ का बिरामीहरू घरघरमै छटपटाएर मरिरहेका छन्, उनले भने, ‘प्रदेश सरकारलाई यसको कुनै वास्ता छैन । मुख्यमन्त्री र अन्य मन्त्रीहरू सार्वजनिक उद्घाटन र शिलान्यासमै व्यस्त देखिएका छन् ।

प्रदेश सरकारमा अलिकति पनि मानवीय संवेदना र करूणा देखिएको छैन ।’ उनले प्रदेशको राजधानी विराटनगर कोरोनाको हट स्पट भन्दा पनि रोकथाम र नियन्त्रणमा प्रदेश सरकारले चासो नदेखाएको आरोप लागाए । ‘दिनानुदिन कोराना संक्रमित बढेका बढे छन्,’ उनले भने, ‘सरकारी कार्यक्रम र समारोह होस् वा गुदरी, शहर, हाटबजार कतै पनि स्वास्थ्यसम्बन्धी प्रोटोकलको ख्याल भएको छैन । मास्कको प्रयोग नगरी र दूरी कायम नगरी तीन तहकै सरकारका बैठक, समारोह र कार्यक्रम भइरहेका छन् । अगुवा भनेको सरकारकै अवस्था असभ्य र अशिक्षित प्रकारको देखिएको छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५