ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

‘प्रहरीको साथी म’ लाई पीपीई हस्तान्तरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ बैशाख २०७७, बुधबार १८:५८
3
Shares
विराटनगर / ‘प्रहरीको साथी म’ लाई विराटनगरको श्रीबंगलामुखी न्यूरो सोसाईटीले १० थान पीपीई हस्तान्तरण गरेको छ ।

सरकारले घोषणा गरेको लकडाउनमा प्रहरीसँगै सुरक्षामा साथ दिइरहेका ‘प्रहरीको साथी म’ लाई आज १० थान पीपीई हस्तारण गरिएको हो । कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनगर गर्दै सरकारले चैत्र ११ गतेदेखि मुलुकभर लकडाउन गरेको छ ।

विराटगर वडा नम्बर १० बंगलामुखि टोलमा जनताको सुरक्षाका लागि प्रहरीसँग खटिएका ‘प्रहरीको साथी म’ मा आबद्ध १० जनालाई जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले १० थान पीपीई वितरण गरेका थिए । जनताको सुरक्षाका लागि खटिएका ‘प्रहरीको साथी म’ लाई स्वयम सुरक्षित रहनका लागि पीपीई मोरङ प्रहरी प्रमुख एसपी अधिकारीले बताए ।

लकडाउनलाई सहयोग पु¥याउन जिल्ला प्रहरी कार्यालय मोरङले ‘प्रहरीको साथी म’ लाई परिचालन गर्नु शान्दर्भिक र प्रशंसनीय रहेको श्रीबंगलामूखी सोसाइटीका संयोजक सुरेसलाल श्रेष्ठले बताए । आफ्नो वडामा खटिएका १० ‘प्रहरीको साथी म’ लाई चस्मा, गाहुन, हेड क्यापलगायतका १० थान पीपीई हस्तानतरण गरिएको श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर