खबर पूर्वाञ्चल
विश्वविद्यालयका उपकुलपति प्राडा विजु थपलियाले कार्यक्रमको उद्घाटन गर्दै इन्जिनियरिङ्ग कलेजका विद्र्याीहरुलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय प्राविधिक ज्ञान र दक्ष शिपयुक्त निर्माणले मुलुकको समृद्धिमा महत्वपूर्ण योगदान पुगेको वताए ।
कलेज स्थापना पश्चात २० हजार भन्दा वढी विद्यार्थी उत्पादन भएको चर्चा गर्दै डा. थपलियाले इन्जिनियरिङ्गका विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिस्तरको ज्ञान हासिल गर्न आवश्यक पूर्वाधार निर्माण गर्ने प्रतिवद्धता व्यक्त्त गरे ।
विश्वविद्यालयका अनुगमन तथा मूल्याङ्कन समितिका निर्देशक डा उत्तमकुमार रेग्मीले विद्यार्थीहरुले हासिल गरेको ज्ञान एवं शिपलाई आम जनताको हितमा प्रयोग गरी सफल हुन शुभकामना दिए ।
इन्जिनियरिङ्गका निमित्त डिन हेमन्तकुमार गोइतले विश्वस्तरीय पाठयक्रमबाट विद्यार्थीहरुलाई अध्यापनले स्वदेश तथा विदेशमा उच्च माग रहेको बताए । कार्यक्रममा सन् २०१९ शत्रका १४८ विद्यार्थीहरुको विदाई गरेको छ भने सन् २०२४ का १३५ विद्यार्थीको स्वागत गरिएको छ । सो अवसरमा कलेज छात्राहरुले विभिन्न लोकनृत्य प्रस्तुत गरेका थिए ।