AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

२२ ट्रान्सफर्मर चोरी गर्ने र किन्ने १२ जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० श्रावण २०८२, मंगलवार १८:४६
414
Shares
विराटनगर / कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा श्रृंखलाबद्ध रूपमा ट्रान्सफर्मर चोरी गर्ने र खरिद गर्ने १२ जना पक्राउ परेका छन् ।

प्रहरीले ट्रान्सफर्मर चोरीमा संलग्न गिरोहसहित ७ जनालाई पक्राउ गरेको छ । चोरी गरिएको ट्रान्सफर्मर खरिद गर्ने ५ जनालाई पनि प्रहरीले पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी ईश्वर कार्कीले जानकारी दिए ।

एक वर्षमा यी तीन जिल्लाहरूमा चोरी भएका २२ वटा ट्रान्सफर्मरहरू मोरङ र सुनसरीका फ्याक्ट्री र कवाडी पसलहरूमा विक्री वितरण हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।्

गत माघ १० गतेदेखि हालसम्म तीन जिल्लाहरूमा २२ वटा ट्रान्सफर्मर चोरी भएको छ । मोरङमा ८ स्थान, सुनसरीमा १२ स्थान र झापामा २ स्थानमा विभिन्न मितिमा ट्रान्सफर्मर चोरी भएको थियो ।

ट्रान्सफर्मर चोरीमा पक्राउ पर्नेहरूमा मोरङ ग्रामथान गाउँपालिका–४ बस्ने ४२ वर्षीय अर्जुनकुमार माझी (चौधरी), सोही ठाउँका ३१ वर्षीय इरज धामी, सुनसरी दुहवी नगरपालिका–३ लबिपुर बस्ने ३५ वर्षीय अनुज विश्वास ((चौधरी), मोरङ बेलबारी नगरपालिका–४ कसेनी बस्ने २६ वर्षीय अर्जुन चौधरी, भारत घर भएर हाल सुनसरी दुहवी नगरपालिका वडा नं। ४ मलाटीमा ससुराली घरमा बस्दै आएका ३४ वर्षीय आलम मियाँ, बेलबारी नगरपालिका–३ का २७ वर्षीय रञ्जित तामाङ र दुहवी नगरपालिका–२ बस्ने ३९ वर्षीय प्रयाग कुमार खाँ चौधरी रहेका छन् ।

झापा, मोरङ र सुनसरीमा चोरी गर्ने गिरोहको एउटै समूह रहेको पाइएको छ । चोरी गर्ने गिरोह अनुभवी र प्राविधिक ज्ञान भएका दक्ष रहेका छन् । उनीहरूले ट्रान्सफर्मर चोरी गर्न भैरव्याङको पनि प्रयोग गरेको पाइएको छ,’ डिआइजी कार्कीले भने ।

श्रृंखलाबद्ध रूपमा चोरी भएका ट्रान्सफर्मरहरू एक उद्योगसहित ७ वटा पसलमा विक्री गरेको पाइएको छ । चोरीमा संलग्न गिरोहहरूले चोरी गरेका ट्रान्सफर्मरहरू लक्ष्य प्रधानले संचालन गरेको कवाडी पसल, इटहरी उपमहानगरपालिका–४ बस्ने ३९ वर्षीय सीताराम राईको भाडा पसल, मोरङ बुढीगंगा गाउँपालिका–३ स्थित विनय साहको एसएस मेटल फ्याक्ट्री, विराटनगर–६ बस्ने ४४ वर्षीय अजयकुमार साहले संचालन गरेको दुर्गा भाडा पसल, कृष्ण गोपाल ताम्राकारले संचालन गरेको मनकामना मेटल्स एण्ड सप्लायर्स र इटहरीमा दिलिप चौधरीले संचालन गर्दै आएको दिलिप कवाडीमा विक्री गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर