AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङको कुन निर्वाचन क्षेत्रमा कति मत खस्यो ?

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ मंसिर २०७९, सोमबार ०८:३४
585
Shares
विराटनगर / आइतबार भएको निर्वाचनमा मोरङको सबैभन्दा कम मत क्षेत्र नम्बर १ र धेरै मत क्षेत्र नं.५ मा खसेको छ ।

मोरङमा ६६.२२ प्रतिशत मत खसेको छ । ७ लाख ३५ हजार ५ सय २५ मतदाता रहेको मोरङमा ४ लाख ८७ हजार ४७ मत खसेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

निर्वाचन कार्यालयका अनुसार मोरङ क्षेत्र नं. १ मा ६१.५२ प्रतिशत मत खसेको छ । सो निर्वाचन क्षेत्रमा १ लाख २३ हजार ६ सय १५ मतदाता रहेको मध्ये ७६ हजार ५४ मत खसेको थियो । यस्तै क्षेत्र नं. २ मा ६४.२३ प्रतिशत मत खसेको छ । उक्त निर्वाचन क्षेत्रमा १ लाख २४ हजार ७२९ मतदाता मध्ये ८० हजार १ सय २७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । यसैगरी क्षेत्र नं. ३ मा ६५.८ प्रतिशत मत खसेको छ । यो निर्वाचन क्षेत्रमा १ लाख ४९ हजार ८३३ मतदाता रहेकोमा ९७ हजार ५ सय १ मत खसेको छ ।

क्षेत्र नं. ४ मा ६७.७२ प्रतिशत मत खसेको छ । ४ नम्बर क्षेत्रमा १ लाख १० हजार ९३ मतदातामा रहेको क्षेत्रमा ७४ हजार ५५७ मत खसेको छ । यस्तै क्षेत्र नं. ५ मा ७२.६१ प्रतिशत मत खसेको छ । सो निर्वाचन क्षेत्रमा १ लाख ४९४ मतदातामा ७२ हजार ९ सय ७३ मत खसेको छ । क्षेत्र नं. ६ मा ६७.७१ प्रतिशत मत खसेको छ । उक्त निर्वाचन क्षेत्रमा ८५ हजार ८२७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

स्थानीय निर्वाचनभन्दा यो पटक मोरङ दुई प्रतिशत मत कम खसेको छ । गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा मोरङमा करिब ६८ प्रतिशत मतदान भएको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय मोरङ विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार मोरङको मतगणना सोमबार विहानबाट गणना सुरू हुने जानकारी गराए । मोरङको ४, ५ र ६ नम्बर क्षेत्रको मतगणना विराटनगरस्थित आदर्श स्कुलमा हुन्छ । ‘यी तीन वटा निर्वाचन क्षेत्रको सर्वदलीय बैठक सोमबार विहान ८ बजेको लागि बोलाएको छ,’ उनले भने, ‘सर्वदलीय बैठकपछि गणना सुरू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर