प्रदेश १ मा ४२८ संक्रमणमुक्त हुँदा थपिए ३०९ संक्रमित, ११ संक्रमितको मृत्यु

खबर पूर्वाञ्चल, ३१ असार २०७८, बिहीबार १७:०८

विराटनगर / पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा ४२८ जना कोरोना संक्रमणमुक्त हुँदा ३०९ संक्रमित थप्एिका छन् ।

संक्रमणमुक्त हुनेमा २०४ महिला र २२४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७० हजार ६२ पुगेको छ ।

थपिएका ३०९ जना संक्रमित थपिएका मध्ये सवैभन्दा बढी मोरङमा ९९, झापामा ९८, सुनसरीमा ८५, धनकुटामा १२, इलाम र उदयपुरमा ३–३, भोजपुरमा २, संखुवासभा र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ५ जनामा कोरोना पुष्टि भएकोे सामाजिक विकास मन्त्रालयले जनाएको छ । सोही अवधिमा १ हजार १०२ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ६१, बेलबारीमा २२, मिक्लाजुङ, सुन्दरहरैचा र पथरीशनिश्चरेमा ३–३, केराबारीमा २,उर्लाबारी, सुनबर्षी, ग्रामथान र कटहरीमा १–१, झापाको दमकमा २७, विर्तामोडमा २५, भद्रपुरमा १४, मेचीनगरमा ९, कनकाईमा ८, अर्जुनधारामा ७, शिवसताक्षीमा ३, कमल गाउँपालिका, हल्दिबारी र बुद्धशान्तिमा १–१ र स्थानीय तह नखुलेका २, सुनसरीको धरानमा ५१, इटहरीमा २३, बराहक्षेत्रमा ५, इनरुवा र स्थानीय तह नखुलेका ३–३, धनकुटाको धनकुटा नगरपालिकामा ८, पाख्रिवासमा ३, स्थानीय तह नखुलेका १ जनामा संक्रमित देखिएको छ ।

उता इलामको इलाम नगरपालिका, सुर्योदय र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगा, चौदण्डीगढी र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १–१, संखुवासभाको खाँदबारीमा १, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ५ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टा अवधिमा प्रदेश १ मा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै प्रदेशमा मृतकको संख्या १४१५ पुगेको छ । जस्मा ४२५ महिला र ९९० पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा सवै भन्दा बढी झापा स्थायी घर भएका ४ जना संक्रमित रहेका छन् भने तेह्रथुमका ३ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै उदयपुर, संखुवासभा,इलाम र पाँचथर स्थायीघर भएका १–१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

जिल्ला अस्पताल तेह्रथुममा ३ जना, मेची अस्पताल झापा र विराट शिक्षण अस्पताल बुढीगंगामा २–२ जना तथा धरानको विपि कोइराला विज्ञान प्रतिष्ठान, विर्तामोडको विर्तासिटि अस्पताल, लाइफलाइन अस्पताल दमक र होम आइसोलेन्समा १–१,संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५