क्षेत्र नम्बर ६ मा एक अर्व बढीको बजेट पाइपलाइनमा रहेको पूर्वमन्त्री पण्डितको भनाई

खबर पूर्वाञ्चल, ३१ चैत्र २०७७, मंगलवार १८:२३
फाइल तस्वीर

विराटनगर / पूर्वमन्त्री एवं मोरङ क्षेत्र नम्बर ६ का सांसद लालबाबु पण्डितले आफ्नो निर्वाचन क्षेत्रमा अहिले एक अर्ब रुपैयाँ बढीको योजनाहरु पाइपलाइनमा रहेको बताएका छन् ।
उनले त्यसमध्येका केही योजना सुरु भएको र केही योजना सुरु हुने क्रममा रहेको जानकारी दिए । पूर्वमन्त्री पण्डितले विकास निर्माण नै आफ्नो पहिलो प्राथमिकता भएको बताए । उनले निर्वाचनको समयमा गरेको प्रतिबद्धता पुरा हुने चरणमा रहेको भन्दै आएको बजेटलाई सदुपयोग गर्न समेत सबैलाई आग्रह गरे । विकास कुनै दलको मात्र नभइ सबैको भएको भन्दै पूर्वमन्त्री पण्डितले विकासमा विभेद नगर्नसमेत स्थानीय जनप्रतिनिधिलाई आग्रह गरे ।

आज विराटनगर ६ स्थित केसलिया रोडमा रहेको नहरमा बनाइन लागेको छठ घाटको सिलान्यास गर्दै उनले प्राथमिकताको आधारमा ऋण तथा दान नै संकलन गरेर भएपनि विकासको गतीलाई भने द्रुत बनाइएको जानकारी दिए ।

कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिका १२ का वडाध्यक्ष हिरालाल कामतले यस क्षेत्रको विकासमा पूर्वमन्त्री लालबाबु पण्डितको महत्वपूर्ण भूमिका रहेको बताए । उनले दल, क्षेत्र भूगोलका आधारमा विभेद नगरी विकास हुनु पर्छ भन्ने अडान राख्ने पण्डितको आफु छुट्टै दलबाट निर्वाचित भएपनि तारिफ गरेर नथाक्ने बताए । यस्तै ६ नम्बर वडाका अध्यक्ष विजय कामतले विराटनगरकै पिछडीएको क्षेत्रमा पर्ने ६, ११ र १२ नम्बर वडाको विकासमा पूर्वमन्त्री पण्डितले सकरात्मक पहल गरिरहेको भन्दै प्रशंसा गरे । उनले अहिले त्यस क्षेत्रमा सामूदायिक भवन, विद्यालय र सडक बनाउन सांसद विकास कोषको बजेट छुट्याएर पण्डितले सबैको मन जितेको बताए ।

विराटनगर ११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेले आवश्यकक्ताको अधारमा अन्य विकास निर्माणमा समेत बजेट विनियोजन गर्ने पूर्वमन्त्री पण्डितको ध्यानाकर्षण गराए । वडा नम्बर ५ का अध्यक्ष मीनकुमार आचार्यले अहिलेको सरकारले विकास निर्माणलाई तीव्र गतिमा बढाइरहेको भन्दै जनताले विकासको लागि कम्युनिष्ट कै नेतृत्वको सरकार हुनु पर्ने महसुस गरेको बताए ।

कार्यक्रममा बोल्दै नेकपा एमाले विराटनगर महानगरपालिका अध्यक्ष सागर थापाले संसद विकास कोषको बजेट स्थानीयकै छनोटका आधारमा सबै तिर समानुपातिक रुपले विनियोजन गरिएको बताए । उनले नेकप

एमाले मधेश र विकासको मामलामा स्पष्ट रहेको भन्दै यसमा भ्रम फैलाउनेहरु आफै पछि पर्ने बताए ।
संसद विकास कोषको १९ लाख ९१ हजार ५ सय रुपैयाँ र दुई लाख १२ हजार ५४ रुपैयाँ स्थानीयको सहभागितामा सो घाट बन्न लागेको हो ।

पूर्वमन्त्री पण्डितले आजै विराटनगर ४ मा संसद विकास कोषको सहयोगमा निर्माण हुन लागेको रामजानकी मन्दिरको समेत सिलन्यास गरेका छन् । संसद विकास कोषको १० लाख रुपैयाँ बजेटमा सो मन्दिर निर्माण हुन लागेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

pabson Brt

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५