AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

डा. कोइरालालाई स्वतन्त्र उम्मेदवार खड्का गरे समर्थन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ कार्तिक २०७९, मंगलवार १६:२२
189
Shares
विराटनगर/ आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार डा. शेखर कोइरालाको पक्षमा माहोल बन्दै गएको छ ।

स्वतन्त्र उम्मेदवारी घोषणा गरेका विभिन्न व्यक्तिले आफ्नो उम्मेदवारी निस्कृय बनाउँदै डा. कोइराललाई समर्थन गर्ने लहर चलेको छ । केही दिनअघि बहुजन शक्ति पार्टीका उम्मेदवार नारायण पासवानले उम्मेदवारी निस्कृय बनाएर कोइरालालाई सघाउने घोषणा गरेका थिए । पासवान यतिबेला कोइरालाको चुनावी प्रचार अभियानमा सक्रियताका साथ लागेका छन् । पासवानसहित बहुजन शक्ति पार्टीका अन्य नेता तथा कार्यकर्तासमेत कोइरालाको चुनावी प्रचारमा खटिएका छन् ।

युवाहरूको प्रतिनिधित्व गर्दै स्वतन्त्र उम्मेदवारी दिएका सुशील खड्काले पनि आफ्नो उम्मेदवारी निस्कृय बनाएका छन् । कोइराला निवासमा आज आयोजित संक्षिप्त कार्यक्रममा खड्काले कोइरालालाई सघाउने घोषणा गरे । स्वतन्त्र युवा समूह गठन गरेर उनले सामाजिक कार्य गर्नुका साथै राजनैतिक खबरदारी गर्दै आएका थिए ।

युवा शक्तिको व्यवस्थापन, ३० लाख हेक्टर कृषि क्षेत्र निर्धारण, विराटनगरको कोशी राजमार्ग पश्चिमका वडाको समान विकासको पहुँच पु¥याउनेसहित राष्ट्रिय एजेण्डा उठाइदिने शर्तमा डा. कोइरालालाई समर्थन गरेको खड्काले जानकारी दिए । आफूले उठाएका एजेण्डाप्रति कोइराला गम्भीर भएकाले आफ्नो उम्मेदवारी निस्कृय बनाएको उनको भनाइ थियो ।

“राष्ट्रिय राजनीतिमा समेत हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सक्ने र युवाका मुद्दालाई संसदमा सशक्त रुपमा उठाउन सक्ने महसुस गरेर डा. शेखर कोइरालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी आजकै मितिबाट निस्कृय बनाएको सबैलाई जानकारी गराउँदछु,” खड्काले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “अब उहाँलाई जिताउन हामी सबै युवा आजैदेखि लागिपर्ने छौं । खड्काले नेतृत्व गरेको समूहमा १५० भन्दा बढी युवाहरूको प्रत्यक्ष आबद्धता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर