खबर पूर्वाञ्चल
मोरङमा ८८, सुनसरीमा १९, इलाममा ४, झापा र उदयपुरमा १–१, प्रदेश १ बाहिरका जिल्लाका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
विराटनगरमात्र ६० संक्रमित पुष्टि भएको छ । जस्मा २२ महिला ३८ पुरुष रहेका छन् । संक्रमितमध्ये सबैभन्दा धेरै वडा नम्बर ९ मा रहेका छन् । सो वडामा ५ महिला र ४ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै विराटनगर १२ मा ८ जना पुरूलाई संक्रमण पुष्टि भएको छ ।
विराटनगर २ मा २ जना, ३ मा ५ जना, ५ मा ४ जना, ६ मा ५ जना, ७ मा २ जना, ८ मा ६ जना, १० मा ४ जना, ११ मा २ जना, १३ मा २ जना, १६ मा १ र १७ मा ४ जनालाई संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको जनाएको छ । वडा नखुलेका ५ पुरूष र १ महिला गरि अन्य ६ जना पनि विराटनगरकै छन् ।
विराटनगरमा आज थपिएका ६० जनासँगै महानगरमा संक्रमितको संख्या ४ सय १५ पुगेको छ । संक्रमितमध्ये ६९ जना कोरोनामुक्त भई फर्किएका छन् । कोरानोबाट महानगरभित्रै ६ जनाको मृत्यु भएको छ ।
विराटनगरबाहेक बुढीगंगामा २५ पुरुष, कटहरीमा २ महिला १ पुरुष, सुनसरीको इटहरीमा ३ महिला १० पुरुष, दुहवीमा ३ पुरुष, धरान १ महिला र बराहक्षेत्र र राधुनीमा १–१ पुरुष, इलामको सन्दकपुरमा ४ पुरुष, झापाको विर्तामोडमा १ महिला र उदयपुरकी १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ६ सय २६ पुगेको छ ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमतिको संख्या १६२६ पुगेको छ । जसमध्ये १० जनाको मृत्यु भएको छ । मृत्यु हुनुमध्ये २ जना प्रदेश। २ का हुन भने ८ जना प्रदेश १को मोरङका हन् । प्रदेश १ बाट आज २२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या १ हजार ४० पुगेको छ ।