AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसबाट सम्भावित उमेदवारको नाम सिफारिस

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० पुष २०८०, मंगलवार १७:२७
1.08k
Shares
विराटनगर / राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसबाट सम्भावित उमेदवारको नाम कोशी प्रदेश समितिले सिफारिस गरेको छ ।

प्रदेश समितिका सभापति उद्धव थापाको सभापतित्वमा प्रदेश राजधानी विराटनगरमा बसेको बैठकले जिल्लागत रुपमा आएका सिफारिसलाई आधार बनाइ केन्द्रीय समितिमा नाम सिफारिस गरको हो ।

कांग्रेस कोशी प्रदेश समितिको सूचना तथा संचार समितिका संयोजक बासु कोइरालाले दिएको जानकारीअनुसार सिफारिस हुनेमा संघीय सरकारमा यसअघि मन्त्री रहिसकेका चार जना सिफारिसमा परेका छन् । पार्टीका पूर्व महामन्त्री तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमन्त्री महेश आचार्य, डा. मिनेन्द्र रिजाल र सूजाता कोइरालाको नाम सिफारिस भएको छ । यसैगरी पूर्व संघीय सांसद डिला संग्रौला, नेविसंघ पूर्व सभापति गुरुराज घिमिरे,उमेशजंग रायमाझी, आङ्गेलु शेर्पा र रुक्मिणी कोइरालाको पनि नाम सिफारिसमा परेका छन् ।

संचार समिति संयोजक कोइरालाले भने,“तलबाट प्रक्रियागत रुपमा आएका नामहरुको विषयमा छलफल गरी केन्द्रलाई पठाउने निर्णय भएको हो ।” बैठकले प्रदेशस्तरीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको संयोजकमा कांग्रेस कोसी प्रदेश समितिका उपाध्यक्ष रमेशजंग रायमाझी नियुक्त भएका छन् ।

बैठकले कांग्रेसको कोशी प्रदेश सम्मेलन विराटनगरमा गर्ने निर्णय गरेको छ । सम्मेलनको मिति तय नभएपनि माघ अन्तिमसम्ममा गर्ने तयारी रहेको जानकारी दिए ।

राष्ट्रिय सभामा रिक्त हुने पदहरुको पूर्ति गर्ने उद्देश्यसाथ निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका अनुसार मंसिर २४ गतेदेखि २९ गतेसम्म निर्वाचनमा भाग लिने राजनीतिक दलले दर्ता गरिसकेका छ्न ।

दलहरुलाई चुनाव चिन्ह प्रदान गरी आयोगले पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोहि दिन सातवटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यतालिका प्रकाशन गरेको छ । माघ ११ गते बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान कार्य गरिने आयोगले यसअघि नै जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर