खबर पूर्वाञ्चल
विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरको सहयोगमा सञ्चालन भएको तीनदिने तालिम पूर्वाञ्चल विश्वविद्यालयका उप–कुलपति प्राडा विजुकुमार थपलियाको उपस्थिति सम्पन्न भएको हो ।
उनले वैज्ञानिक अध्ययन प्रणालीमा डेटा व्यवस्थापनको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै सहभागीहरूलाई आफ्नो अध्ययन, अनुसन्धान र अध्यापनमा यसको प्रभावकारी उपयोग गर्न सुझाव दिए ।
क्याम्पस प्रमुख गोबिन्दप्रसाद अधिकारीले तालिम फलदायी भएको बताए । उनले कलेजले आगामी दिनहरूमा पनि यस्ता तालिमलाई निरन्तरता दिने उद्घोष गरे । तालिममा सहभागि प्राध्यापकहरूले तालिमले नयाँ उर्जा थपेको अनुभव सुनाए ।
विराटनगर–४ का वडाध्यक्ष जीतन थापाले यस्ता किसिमका कार्यक्रम आवश्यक रहेको र आफूले पनि अन्य कार्यक्रमका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।
प्राडा पेशल खनाल, सह–प्राध्यापक रमेशबाबु काफ्ले, सह–प्राध्यापक डा कृष्ण पाण्डे र सह–प्राध्यापक टोलनाथ काफ्लेले तालिमको सहजिकरण गरेका थिए । तालिममा पूर्वाञ्चल विश्वविद्यालय अन्तरगतका विभिन्न आंगिक क्याम्पसका प्राध्यापक तथा यस क्षेत्रसँग रुची राख्ने ३० जना सहभागि थिए ।