RUMPUM
animated ellipse animated ellipse

उम्मेदवार घरघरमा भोट माग्न व्यस्त, विगतका कार्यको समीक्षा गर्दै मतदाता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ कार्तिक २०७९, शनिबार १९:१५
117
Shares
विराटनगर / मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनकालागि यतिबेला सबै उम्मेदवारहरु आ–आफ्नो क्षेत्रका मतदाताको घरदैलो अभियानमा छन् ।

सबैको एउटै लक्ष्य हो निर्वाचनमा आफ्नो लागि मत माग्ने । यसकालागि नेताहरुले आफू निर्वाचित भए के–के गर्ने भन्नुपर्छ भन्दै त्यसको प्रतिवद्धता व्यक्त गर्ने गरेका छन् ।

राजनीतिक दलका उम्मेदवारहरुले भने अर्को दललाई गाली गर्नेदेखि आफ्नो विकल्प नभएको समेत भन्न भ्याइरहेका छन् । पहिलो पटक उम्मेदवार हुनेहरुले भने आफूलाई विकल्प हो भन्ने गरेका छन् । धेरै स्थानमा दोहोरिएर निर्वाचनमा उठ्नेहरुलाई भन्दा नयाँलाई अवसर दिनेसम्मका आवाजहरु पनि गाढा हुँदै गएको पाइन्छ ।

यद्यपी मोरङ क्षेत्र नम्बर ४ मा भने उम्मेदवार धेरै भए पनि मुख्य प्रतिष्पर्धा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमालेका उम्मेदवारबिच नै हुने देखिएको छ । यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यकालागि गठबन्धनकातर्फबाट अमनलाल मोदी र एमालेबाट विनोद ढकाल चुनावी मैदानमा छन् ।

मोदी यसअघि सोहि क्षेत्रबाट नेकपा एमालेसँगको गठबन्धनका कारण प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । भने ढकाल त्यस क्षेत्रकालागि नयाँ र शक्तिशाली उम्मेदवारका रुपमा प्रस्तुत भएका छन् । केन्द्रीय राजनीतिमा समेत सहज पहुँच राख्ने ढकाललाई त्यस क्षेत्रका जनताले उत्तम विकल्पको रुपमा लिएको स्थानीयको भनाई छ ।

यस्तै सोहि क्षेत्रको प्रदेशसभातर्फ ४(१)मा जयप्रकाश चौधरी नयाँ अनुहारका रुपमा आएका छन् । लामो समयसम्म सामाजिक सेवामा रहेका चौधरी बौद्धिक व्यक्तित्वको रुपमा चिनिन्छन् । यस्तै उनका प्रतिष्पर्धीका रुपमा नेपाली कांग्रेसका पूराना नेता गुरुराज घिमिरे छन् । यस्तै ४(२)मा भने सत्तागठबन्धनबाट नेपाली कांग्रेसका भीम पराजुली र एमालेबाट जीवन घिमिरे चुनावी मैदानमा छन् ।

पराजुली विराटनगर महानगरपालिकाका पूर्व मेयर हुनभने घिमिरे प्रदेश १ का पूर्व सामाजिक विकास मन्त्री हुन् । यी दुई नेताबिचको प्रतिष्पर्धालाई भने जनताले मौकामा कस्ले बढी काम गरेको छ भनेर मूल्याङ्कन गर्ने गरेका छन् । पराजुलीले महानगरको विकासमा तिब्रत र विकास गरेको दावी गरे पनि उनका कार्यकालमा कमजोरीहरु वर्तमान नेतृत्वले श्वेत पत्रबाट खुलासा गरिदिएको छ ।

अर्कोतर्फ शान्त स्वभावका घिमिरे भने प्रदेशका मन्त्रीहरुमध्ये सबैभन्दा बढी काम गर्ने मन्त्रीका रुपमा चिनिएका छन् । उनले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण कामहरुले नै जनताको मन जितेको दावी गरेका छन् ।

निरन्तर क्षेत्रका जनताको काममा सक्रिय रहेका घिमिरेले कोरोनाको महामारि भित्रदै गर्दा दिनरात खटेर कोभिड अस्पतालको सञ्चालन र व्यवस्थापन गरेको प्रति जनता धेरै खुसी भएको प्रतिकृया आउने गरेको छ । विराटनगर– ३ का वेदप्रकाश खतिवडाले भने, ‘हिजो अवसर पाउँदा कस्ले कति कामगर्याे त्यो हेरेर भोट दिने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर