AArya
animated ellipse animated ellipse

पंजावमाथि कठिन जित निकाल्दै एपिएफलाई विराट गोल्डकपको पहिलो उपाधि

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ बैशाख २०७८, शनिबार २३:०८
6.07k
Shares
पुष्पराज थपलिया
विराटनगर/ पंजावमाथि कठिन जित निकाल्दै विराट गोल्डकपको छैठौं संस्करणको उपाधि विभागिय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौंले पहिलो पटक जितेको छ ।

यो जितसँगै एपीएफले यो सिजनमा दुई वटा गोल्डकपको उपाधि जितेको छ । यसअघि फागुन २८ गते सम्पन्न भएको चौथो गोलबजार गोल्डकपको उपाधि जितेको छ । गोलबजार गोल्कडपमा फाइलनमा आयोजक टिमलाई ४–० गोलले पराजित एपीएफ च्याम्पियन भएको थियो ।

एफिएफले आज विराटनगरको शहिद मैदानमा आज सम्पन्न भएको फाइनल खेलमा पाहुना टोली भारतको पंजाव पुलिसलाई १– ० ले पराजित गर्दै विराट गोल्ड कपको दोस्रो पटक फाइनल खेलेको एपीएफले पहिलो पटक उपाधि जितेको हो । यस अघि २०७० मा फाक्ष्नल खेलेको एपीएफले संकटा क्लवसँग १–० गोल अन्तरले पराजित भएको थियो । जितसँगै एपीएफले १५ लाख १५ हजार रुपैयाँ र ट्रफि उचालेको छ ।

खेलको पहिलो हाफसम्म दबावमा राखेको एपीएफका प्रदिप लामा नायक बने । उनले खेलको ११ औं मिनेटमा गरेको निर्णायक गोल टिमलाई छैठौं संस्करणको विराट गोल्डकपको उपाधि दिलाउन सफल भए । प्रदिपले दुई जना डिफेन्डरलाई बिट गर्दै गरेको प्रहार प)जावको किपर सतबीर सिंहको हातमा टच भएर गोल भएको थियो । खेलको सुरूवातदेखि आक्रमक देखिएको एपीएफका बुद्धीमान राईले खेलको दोस्रो मिनेटमा पाएको सुन्दर गोल गर्ने अवसर खेर फाले ।

बिकु तामाङ्गले निकालेको पासलाई बुद्धिमानले प्रहार गरेको वान भर्सेस वानको प्रहार बाहिरयो । खेलको चौथो मिनेटमा एपीएफका कप्तान सुदीप सिख्राकारको डिबक्स नजिकदेखिको प्रहार बाहिरदा थप गोल गर्ने अवसर खेर गयो । खेलको ३८ औं मिनेटमा एपीएफका आशिष लामाले ३० यार्डदेखि गरेको प्रहार पंजावका गोलरक्षक सतबीर सिंहले पञ्ज गरी उत्कृष्ट बचाए । पंजावको डिफेन्डर र रक्षापंक्तिमा देखिएको कमजोरीको फाइदा उठाउँदै एपीएफले उपाधि कब्जा गरेको हो ।

दोस्रो हाफदेखि आक्रमक भएर मैदान प्रवेश गरेपनि पंजावले बारम्बार गोल गर्ने अवसर चुकाउँदा उपविजेतामा सिमित भयो । उपविजेता बनेको पंजावले ७ लाख ५१ हजार रुपैयाँ पाएको छ । दोस्रो हाफदेखि बारम्बार पोस्ट आक्रमणको रणनीति बुनेको पंजावका खेलाडीले गोल गर्नका लागि पाएका केही अवसरको सदुपयोग गर्न सकेन । खेलेको ५१ औं मिनेटमा राजवीर सिंहले गरेको प्रहार बाहिरिदा खेल बरबारीमा ल्याउनबाट चुक्यो । ७० औं मिनेटमा प्रमजीत सिंहको वान भर्सेस वानको स्थितिमा गरेको प्रहारमा पोसमाथिबाट बाहिरयो । केही राम्रा अवसरले पोस्टको बाटो तय गर्न नसक्नु पाहुना टोली पंजावको लागि दुर्भाग्यपूर्ण बन्यो ।

खेलपछि पंजावका प्रशिक्षक हरनेक सिंहले आज हाम्रो कमजोर डिफेन्स फाइदा उठाउँदै एपिएफले गोल गरेका स्वीकार गर्छन । सेमीफानलमा कप्तान जगदिप सिंहलाई रेफ्रिले रेड कार्ड दिएको कारणले हाम्रै फिेन्स कमजोर भयो यदि जगदिप खेलेको भए खेल पंजावले जित्ले दावी गरे ।
यता एपिएफको प्रशिक्षक सुदिप श्रेष्ठले तयारी अनुसार केटाहरुले खेलेको बताए । दोस्रो हाफमा अलिक प्रेसरमा रहेर खेलेपनि अन्त्यमा राम्रै गरे ।

प्रतियोगिताको म्यान अफ द टुनामेन्ट एपीएफका आशिष लामा घोषित भए । उनले मोटरसाइकल पाएका छन् । एपीएफका प्रदिप लामा म्यान अफ द फाइनल घोषित भए । उनले नगद १० हजार पाए । बेस्ट गोलकिपरमा एपीएफका राजु नगरकोटी भए । यस्तै बेस्ट डिफेन्डर सशस्त्र प्रहरीका सनिश श्रेष्ठ, बेस्ट मिड फिल्डर एपीएफका मणि लामा घोषित भए । हाइस्कोर गर्ने विराटनगरका ११ का प्रकाश बुढाथोकी घोषित भए । उनले खेल अवधिभरीमा ४ गोल गरेका थिए । एपीएफका सुमित श्रेष्ठले बेस्ट कोच एवार्ड जितेका छन् । बेस्ट स्टाइगरमा संकटाका क्लब काठमाण्डौका फोडे फोपना घोषित भए । उनीहरू सबैले जनही २५ हजार रुपैयाँ पाएका छन् । फिपा अनुशासित टिममा विराटनगर महानगरपालिका ११ घोषित भयो ।

विजयी हुने टिम र खेलाडीहरूलाई प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, एन्फाका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पा, विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली,राष्ट्रिय खेलकुद परिषदको सदस्य हरि खड्का, विराट गोल्डकपको संयोजक मनोज विक्रम शाहलगायतले पुरस्कार तथा ट्रफि बितरण गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर