खबर पूर्वाञ्चल
न्यायाधीश बावुराम सुवेदीको एकल इजलासले बिहीबार मुद्दामाथि सुनुवाइ गर्दै दुवै पक्षका कानुन व्यवसायीहरूलाई बहस नोट पेश गर्न आदेश दिएको हो । बहसलाई छोट्याउन सरकारी पक्ष र प्रतिवादीका कानुन व्यवसायीबाट बहस नोट झिकाइएको हो ।
दश दिनको समय दिएर बहस नोट माग गर्ने आदेश आएको मोरङ अदालतका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए । बहस नोट बुझाएपछि फेरी पेशी तोकिने उनले बताए । सिद्दीकीको मुद्दामा पटक पटक पेसी तोकिँदै आएपनि फैसला नभई सर्दै आएको छ । झन्डै १५ महिना देखि प्रहरीको हिरासत हुँदै जिल्ला अदालतबाट पुर्पक्षको निम्ति मोरङ कारागारमा रहेका खताबले विराटनगरका व्यवसायी अरुण राठीलाई अपहरण गरेको आरोप छ ।
२०७९ मंसिर १४ गते भएको भनिएको घटनाबारे मंसिर १८ गते राठीले मोरङ प्रहरीमा जाहेरी दिएका थिए । नेपाली टाइम्सका सञ्चालकसमेत रहेका राठीले अर्का सञ्चालक खतावविरुद्ध दिएको जाहेरीपछि मंसिर २९ गते उनी प्रहरीसामु उपस्थित भएका थिए । खताब २०७९ साल पुस २८ गते पुर्पक्षको लागि कारागार चलान भएका हुन् । सो प्रकरणमा उनका चालक जयकुमार राम भने १ लाख रुपैयाँ धरौटीमा छुटेका थिए । राठीले आफूलाई बोलाई बन्धक बनाएर १५ लाख रुपैयाँ असुल गरेको आरोप खताबमाथि लगाएका छन् ।
खताबले भने मिडिया साझेदार रहेकोले उनले सो रकम नेपाली टाइम्सलाई दिएको र कुनै अपहरणको घटना नभएको जिकिर गर्दै आएका छन् । दुई साझेदारबीच भएको आपसी मतभेदको कारण आफू कारागारमा बस्नु परेको खताबको गुनासो छ । राठीले प्रहरीमा दिएको उजुरी अनुसार, खताबले उनलाई चुनावी भिडियो बनाउने बहानामा २०७९ मंसिर १४ गते अपहरण गरि शरीर बन्धक बनाइ फिरौती लिएका थिए । राठी नेकपा एमालेको कोशी प्रदेश कमिटि सदस्य हुन् । उनी गत प्रदेशसभा निर्वाचनमा एमालेको समानुपातिक सुचीका उम्मेदवारसमेत थिए ।
तपाईको प्रतिक्रिया