AArya
RUMPUM
animated ellipse animated ellipse

क्वालिटी केम साबुन फ्याक्ट्रीको मेसिनमा च्यापिँदा एकजनाको घटनास्थलमै मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ जेष्ठ २०८२, शुक्रबार २१:४६
198
Shares
विराटनगर /मोरङको कटहरी गाउँपालिका–४ स्थित क्वालिटी केम साबुन फ्याक्ट्रीमा मेसिनले च्यापिँदा एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुने व्यक्ति रतुवामाई नगरपालिका–५ गोविन्दपुर स्थायी ठेगाना भएका अन्दाजी ३५–४० वर्ष उमेरका भीम राजवँशी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटना आज दिउँसो ४ बजेतिर भएको हो। घटना बारे सूचना प्राप्त भएपछि प्रहरी चौकी कटहरीबाट प्रहरी  अधिकृतसहितको टोली घटनास्थलमा खटिएको थियो। घटनास्थलको सुरक्षासहित प्रारम्भिक अनुसन्धान अघि बढाइएको छ।

थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी जोशीले जानकारी दिएका छन्।

प्रहरीले घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको र मृतकको विस्तृत विवरण संकलन कार्य भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर