animated ellipse animated ellipse

एमाले उम्मेदवार घिमिरेद्धारा चुनावी अभियानलाई तीव्रता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ कार्तिक २०७९, आईतवार २०:३७
180
Shares
विराटनगर / आगामी मंसिर ४ गते हुने निर्वाचनकालागि मोरङ क्षेत्र नं. ४ (ख) मा एमालेबाट उम्मेदवारी दिएका जीवन घिमिरेले चुनावी अभियानलाई तीव्रता दिएका छन् ।
घरदैलो र मतदाता भेटघाटका कार्यक्रमलाई तीव्रता दिएको घिमिरेको सचिवालयले जनाएको छ ।

घिमिरेले अहिले मतदाता समक्ष भेटघाट गर्दै सुझाव संकलन पनि गरिरहेका छन् । कटहरी ३ की सुनिता कामतले घिमिरेलाई विकासका मुद्दा अघि सार्न सुझाव दिएकी छिन् । अन्य जनप्रतिनिधिको तुलनामा घिमिरेसँग मन्त्री, सांसद हुँदा पनि सहज पहँुच पुगेको भन्दै उनले खुशी व्यक्त गरिन ।

आगामी निर्वाचन पछि पूर्वाधार लगायतको क्षेत्रमा नयाँ योजना ल्याउन उनको आग्रह छ । कटहरीकै विकास राजवंशीले राजबंशी समुदायको भवन निर्माणमा सरकारमा रहँदा घिमिरेले आवस्यक सहयोग गरेको बताए । राजबंशी समुदायको साँस्कृतिक भवन निर्माणसँगै संस्कृतिको संरक्षणका लागि कार्यक्रमहरु गर्नमा घिमिरेको योगदान महत्वपूर्ण रहेको उनको भनाई छ ।

एमाले नेता घिमिरेले निर्वाचन क्षेत्रको विकासकालागि महत्वपूर्ण भूमिका खेलेको विराटनगर ३ का बेदप्रकाश खतिवडाले बताए । जीवन घिमिरेकालागि सरकारमा रहँदा ३ वर्ष गरेको काम नै मत माग्नकालागि महत्वपूर्ण आधार भएको बताए । विराटनगर ८ का चन्दकुमार गुप्ताले घिमिरे जनप्रतिनिधि र मन्त्री हुँदा समेत क्षेत्रका जनताको काममा सक्रिय रहेको बताए ।

घिमिरेले कोरोनाको महामारीमा दिनरात खटेर कोभिड अस्पतालको सञ्चालन र व्यवस्थापन गरेको उनले बताए । राम्रो काम गर्ने व्यक्तिले अवसर कसरी सदुपयोग गर्न सक्छ भन्ने उदाहरण नेता घिमिरेबाट पाउन सकिने उनले बताए ।

घिमिरे बास्तवमा जनताको नेता भएको गुप्ताको भनाई छ । ५ बर्षमा निर्वाचन क्षेत्रसँगै प्रदेशको समग्र विकासमा नागरिकको मन जित्न सफल भएको व्यक्ति भनेकै घिमिरे भएको गुप्ताले दावी गरे । उनले भने,‘अवसर पाउँदाकसले ग¥यो र कसले गरेन जनताले मूल्यांकनगर्न सक्छन ।’
मतदाता सँग निरन्तर भेटघाट गर्दै आएका घिमिरेले जनताका अपेक्षा अनुसारका काम गर्दै गएको र बाँकी रहेकाकामहरु पनि पुरा गर्दै जाने बताए । मोरङ ४ (ख) अन्र्तगत विराटनगर महानगरपालिकाको वडा नं. १, २, ३, ८ र १० तथा कटहरी गाउँपालिकाको वडा नं. १, २ र ३ पर्दछ । घिमिरेले वडा वडाका टोल–टोलका बासीन्दा समक्ष पुग्ने काम गरिरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया

फोटो फिचर