AArya
animated ellipse animated ellipse

अध्ययनमा अब्बल विद्यार्थीलाई मेरिल्याण्डलको नगद पुरस्कार र सम्मान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ फाल्गुन २०८०, मंगलवार १७:२४
1.31k
Shares
विराटनगर / विराटनगर –७ स्थित मेरिल्याण्ड कलेजले कक्षा–११ का उत्कृष्ट ५० विद्यार्थीलाई आज एक कार्यक्रम गरि नगद पुरस्कारले सम्मान गरेको छ ।

दोश्रो त्रैमासिक परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई एक कार्यक्रम आयोजना गरि कलेजले सम्मान गरेको हो । विद्यार्थीहरुलाई नगद पाँच हजार,चार हजार र तीन हजार प्रदान गरी सम्मान गरिएको हो । कार्यक्रम नेपाल राष्ट्र बैंक विराटनगर शाखाका उपनिर्देशक मनोज गुरुङको प्रमुख आतिथ्यमा भएको थियो ।

विद्यार्थीहरुलाई कलेजका उपाध्यक्ष प्राडा प्रमोदकुमार झा, प्रिन्सिपल लक्ष्मण ढकाल ,हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोख्रेल, निर्देशकहरु डा. मनोज गुप्ता, प्रदिप भगत , नन्दकिशोर अग्रवालले उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत वितरण गरे । पुरस्कृत छात्रा मानश्वी अधिकारीले विराटनगरमा रहेर देशकै अग्रणी कलेजमा नाम राखेको मेरिल्याण्डले आन्तरिक परिक्षामा उत्कृष्ट पचास विद्यार्थीलाई यस वर्षदेखि नगद तथा सम्मान दिने परम्पराको थालनी गरेको र पुरस्कारको पहिलो र दोश्रो शृंखलामा आफु सहभागी हुन पाएकोमा ठुलो गौरव अनुभव भएको बताइन् ।

हरेक विद्यामा नम्बर एक हुँदै आएका मेरिल्याण्ड कलेजले यसै वर्षको कक्षा १२ को बोर्ड परिक्षामा पनि सबभन्दा उत्कृष्ट ९५.३४ प्रतिशत नतिजा प्राप्त गरेर कोशी प्रदेशकै नाम उच्च बनाएको छ । कार्यक्रममा मेरिल्याण्ड कलेजका प्रिन्सिपल ढकालले मेरिल्याण्ड कलेजले हरेक वर्ष केहि नयाँ कुराको सुरुवात गर्ने गरेको बताए । मेरिल्याण्ड कलेज व्यवस्थापन शिक्षामा रुचि राख्ने प्रदेश एक र दुई अनि उतर विहारका गरि हजारौं विद्यार्थीको पहिलो रोजाइमा पर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर