RUMPUM
animated ellipse animated ellipse

पहिचानबादी पार्टीहरू गठबन्धन गरेर चुनाव लडछौंं :अध्यक्ष खम्बु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ भाद्र २०७९, आईतवार २०:१३
243
Shares
विराटनगर/ खम्बुवान राष्ट्रिय मोर्चा नेपाल पार्टीका अध्यक्ष आरके खम्बुले प्रतिनिधी र प्रदेश सभाको निर्वाचनमा पहिचानबादी पार्टीहरू बिच गठबन्धन गरेर चुनावमा लडने बताएका छन् ।

विराटनगर विमानस्थलमा आइतबार संचारकर्मीकहरूसँग कुरागर्दै अध्यक्ष खम्बुले यस्तो बताएका हुन् ।

मंसिर ४ गते हुने चुनावमा संघ र प्रदेश सबैतिर सात वटा पहिचानबादी पार्टीहरू गठबन्धन गरेर चुनाव लडने उनले बताए । ‘अहिले चुनावको तयारीमा हामी लागि परेको छौं,’ उनले भने, ‘पहिचानको मुद्दा उठाएर अहिले चुनावी अभियानमा होमिएका छौं ।’ पहिचानबादी सात दलले गठबन्धन गरेर सबै ठाउँमा भाग लिने उनले बताए । ‘जित्ने हार्ने आफ्नो ठाउँमा रहेको छ । जनताको समस्या बुझने पार्टी हाम्रो हो,’ उनले भने, ‘ काँग्रेस एमाले र माओवादीको विकल्प पार्टी खम्बुवान हो । उनीहरुले उठाएको एजेण्डा खोक्रो भइसक्यो ।

प्रमुख पार्टीले जनता ढाट्ने मात्र काम गरेका छन् । अब जनताले बुझन जरुरी रहेको छ ।’ कुमार लिङदेनले नेतृत्व गरेको लिम्बुवान, खम्बुवान राष्ट्रिय मोर्चा नेपाल, तामाङशाली, नेवा, थारुहटलगायतका पार्टीहरू गठबन्धन गरेर चुनाबमा लढने उनले बताए ।

अध्यक्ष खुम्बावन मोरङको लेटाङ्गमा हुने खम्बुवान राष्ट्रिय मोर्चा नेपालको वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्न आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर