प्रदेश १ मा १८३५ जनाको स्वाव परिक्षण गर्दा ४३९ जनामा संक्रमण पुष्टि, ४१० जना संक्रमणमुक्त

खबर पूर्वाञ्चल, २१ भाद्र २०७८, सोमबार १६:५८

विराटनगर / पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ हजार ८ सय ३५ जनाको स्वाव परिक्षण गर्दा ४३९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३५ जनाको पीसीआर परीक्षण गर्दा २५५ र ८ सय जनाको एन्टिजेन परीक्षण गर्दा १८४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १३६, मोरङमा ६२, सुनसरीमा ३८, धनकुटामा ७, इलाममा ५, ताप्लेजुङ, भोजपुर, उदयपुर र तेहृथुममा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण भएको हो ।

झापाको विर्तामोडमा २४, मेचीनगर र कनकाईमा २०–२०, अर्जुनधारा र भद्रपुरमा १७–१७, दमकमा १५, शिवसताक्षीमा ९, कमल गाउँपालिकामा ४, हल्बिारीमा ३, कचनकवल, गौरादह र बुद्धशान्तिमा २–२, बाहृदशीमा १, मोरङको विराटनगरमा ४४, सुन्दरहरैचा र रंगेलीमा ३–३, मिक्लाजुङ, रतुवामाई, बेलबारी, पथरीशनिश्चरे र उर्लाबारीमा २–२, बुढीगंगा र धनपालथानमा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।

उता सुनसरीको धरानमा २३, इटहरीमा ८, इनरुवा, बराहक्षेत्र र रामधुनीमा २–२, हरिनगरमा १, धनकुटाको धनकुटा नगरपालिकामा ५, छथर जोरपाटी र साँघुरीगढीमा १–१, इलामको इलाम नगरपालिकामा ३ र सुर्योदयमा २, ताप्लेजुङको फुङलिङ, भोजपुरको पौवादुङ्मा, तेहृथुमको म्याङलुङ र उदयपुरको स्थानीय तह नखुलेका १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४१० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९८ महिला र २१२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५