AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मारवाडी युवा संगठनको राष्ट्रिय महाधिवेशन सुरू

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ आश्विन २०७८, शनिबार १७:४२
450
Shares
विराटनगर / नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको तेस्रो राष्ट्रिय महाधिवेशन सुरू भएको छ ।

विराटनगरमा आजदेखि राष्ट्रिय महाधिवेशन सुरू भएको हो । कोभिड १९ को कारणले स्वास्थ्य अवस्थालाई मध्यनजर राख्दै जुमबाट राष्ट्रिय महाधिवेशन सुरू भएको छ ।

उक्त महाधिवेशनको उद्घाटन नेपाल राष्ट्रिय मारवाडी संगठनको केन्द्रीय अध्यक्ष पवन निश्चल अग्रवालले गरे । राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गर्ने नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका अध्यक्ष बज्रङगं अग्रवालले जानकारी दिए । महाधिवेशनमा ३ सय ५० भन्दा बढी मारवाडी युवाहरू आवद्ध छन् ।

उद्घाटन कार्यक्रममा उद्योगी सुरेन्द्र गोल्छा, नन्दकिशोर राठी, रचना राठी, फुलकुमार लालवनी, गोपाल अग्रवाललगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर