AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ग्रेस एजुकेशनको शैक्षिक यात्रा भोली विराटनगरमा हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ जेष्ठ २०८०, आईतवार १९:०७
153
Shares
विराटनगर / ग्रेस इन्टरनेशनल एजुकेशनको शैक्षिक यात्रा भोली विराटनगरमा हुने भएको छ ।

कोशी प्रदेशको विर्तामोड र दमक पछाडी ग्रेस इन्टरनेशनल एजुकेशनले आफ्नो शैक्षिक यात्रा भोली विहान ८ बजे विराटनगरमा गर्ने भएको हो ।

विदेश अध्ययनमा जान चाहने विद्यर्थीहरुलाई अवसर, योजना, र भविष्यका बारेमा पूर्व जानकारी दिने उदेश्यले ग्रेसले शैक्षिक यात्रा गरिरहेको छ । शैक्षिक यात्राका क्रममा ग्रेसले देशभरिका १६ ठाउँमा शैक्षिक यात्रा गर्ने भएको हो । अहिले विद्यार्थीहरु अध्ययनका लागी विदेश जाने र नेपालमा अवसरको कमीका कारण विदेशमै पलायन हुने प्रवृती बढिरहेको अवस्थामा गे्रस इन्टरनेशनल एजुकेशनको शैक्षिक यात्राले विदेश अध्ययन पछी नेपालमा अवसरको सम्भावना, भविष्यको योजना बनाउने तरिका लगायतका विषयमा समेत जानकारी गराउने भएको छ ।

अहिले विदेश अध्ययनमा विद्यार्थीहरुको आकर्षण अत्यधिक रहेपनी विद्यार्थीहरुमा अन्यौलता रहँदा समस्यामा पर्न सक्ने र ग्रेसको शैक्षिक यात्राले यस्तो खालको अन्योल हटाउन सहयोग गर्ने विराटनगर शाखा प्रमुख प्रदिप बाँस्तोलाले बताए । कार्यक्रममा उपस्थित हुने विद्यार्थीहरु मध्येबाट लक्किड्र र विभिन्न आकर्षक गेमहरु खेलाइ विजेताहरुलाई आयोजकको तर्फबाट निशुल्क आयल्टस र पिटिइ भौचर र अन्य आकर्षक उपहारहरु समेत प्रदान गरिने बाँस्तोलाले बताए ।

शैक्षिक यात्रा विराटनगर कार्यक्रममा डोनेसन फर नेपालका अध्यक्ष सौरभ लोहनी र निर्माता, निर्देशक, तथा कार्यक्रम प्रस्तोता आरके धितालले आफ्नो प्रस्तुती दिने भएका छन् । कार्यक्रमको स्थानिय व्यवस्थापन लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर