खबर पूर्वाञ्चल
आयोजकले आज पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको हो । यसअघि सार्वजनिक भएको टाइसिट अनुसार उद्घाटन खेल विभागीय टिम त्रिभूवन आर्मी र सार्थन क्लबबीच रहेको थियो । आर्मीको खेल जुधेपछि खेल तालिका तलमाथि हुन गएको संयोजक नविन रिजालले बताए ।
प्रतियोगितामा विदेशी दुई टमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागि छ । यस पटक बिजेतालाई ११ लाख र उपबिजेतालाई ५ लाख रुपैयाँ दिने तयारी गरिएको छ । गोल्डकप ट्रष्टले गत वर्षको सातौं संस्करणको भन्दा पुरस्कार राशी झण्डै आधा घटाएको थियो । सातौं संस्करणमा बिजेतालाई नगद २० लाख १५ हजार र उपबिजेतालाई १० लाख १५ हजार रुपैयाँ थियो । गत वर्ष आठौ संस्कराणमा बिजेतालाई ९ लाखा १५ हजार र उपबिजेतालाई पाँच लाख ३५ हजार रुपैयाँ पुरस्कार राशी घटाएर राखिएको थियो । यस पटक बढाएको छ । त्यसैगरी उत्कृष्ट प्रशिक्षकलाई १५ हजार, उत्कृष्ट गोलरक्षकलाई १५ हजार, सर्वाधिक गोलकर्तालाई नगद १५ पुरस्कार राखेको छ । यसैगरी दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार पुरस्कार रहनेछ भने सर्वोकृष्ट हुने खेलाडीलाइ नगद ५१ हजार रहेको छ । यसअघि सर्वोत्कृष्ट खेलाडीलाई मोटसाइकल दिने गरेकृो थियो ।
प्रतियोगिता सम्पन्न गर्न १ करोड ३५ देखि ५० लाख रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको छ । विगतका भन्दा यस पटक फरक तरिकाले गोल्डकप गर्ने विराट गोल्डकपका संयोजक रिजालले बताए । प्रतियोगिता सुरु हुनुभन्दा एक घण्टा अगाडी राष्ट्रिय स्तरका कलाकारहरुबाट सांगीतिक कार्यक्रम हुने उनले बताए । खेल हेर्न आउने दर्शकहरु मध्येबाट पाँच जनालाई दैनिक फेस अफ द विराट गोल्डकप छनोट गरि ताज पहिरिने तयारी गरिएको उनले बताए ।
यस पटक विराट गोल्डकप गर्ने जिम्म ट्रष्टले विराटनगरका उद्योगी तथा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य तथा मोरङ व्यापार संघका निर्वतमान अध्यक्ष रिजाललाई दिएको हो । ५ औं संस्करण पनि रिजालले नै गरेका थिए । गोल्डकपको ७ र ८ औं संस्करणमा लगातार ठूलो घाटामा व्यहोरेको थियो । ट्रष्टको बैठकले ९ औं संस्करण आयोजनाको जिम्मा पुनः निजी क्षेत्रलाई दिएको हो । २०७४÷०७५ सालमा पनि ट्रष्टले उद्योगी रिजाललाई जिम्मा दिएको थियो । रिजालले मोफसलमा पहिलो पटक रात्रिकालीन फुटबल प्रतियोगिता आयोजना गरेका थिए ।
काठमाडौंपछि पहिलो पटक विराटनगरमै रात्रिकालीन फुटबल भएको थियो । उनले सहिद मैदानमा अस्थायी फ्लडलाइट्स बनाएर विराटनगरवासीलाई पहिलो पटक रात्रिकलीन फुटबल खेलको महसुस दिलाए । उनको संयोजकत्वमा रात्रिकालीन फुटबल भएपछि सहिद मैदानमा प्रदेश सरकार र विराटनगर महानगरको सहयोगमा स्थायी फ्लडलाइट्स राखियो । रिजालले सो संस्करणमा ट्रष्टलाई ५ लाख ८८ हजार रुपैयाँको बचत गराएका थिए ।
फ्लडलाइट्सको माध्यमबाट साढे ६ बजेदेखि सुरु हुने रात्रिकलीन गोल्डकपको उद्घाटन खेलमा घरेलु टिम रिजालको मोरङ ११ र कोलकाताको साउथर्न क्लबबीच हुने भएको छ ।
फागुन २० गते सशस्त्र प्रहरी बल (एपीएफ) र सुदेभा दिल्ली फुटबल क्बल भारत बीच हुनेछ । त्यसैगरी फागुन २१ गते पहिलो क्वाटरफाइनल खेल हुने भएको छ । पहिलो क्वाटरफाइन खेल त्रिभूवन आर्मी ११ र उद्घाटन खेलका बिजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ । फागुन २२ गते दोस्रो क्वाटरफाइनल खेल हुनेछ । नेपाल पुलिस क्लबले बाइ पाएको छ । सशस्त्र प्रहरी बल (एपीएफ) र सुदेभा दिल्ली फुटबल क्बलको बिजेता टिमसँग पुलिसले सेमिफाइनल यात्राको लागि प्रतिस्पर्धा गर्नेछ ।
फागुन २३ गते मच्छिन्द्र र थ्रि स्टार बीच हुनेछ भने फागुन २४ गते चर्च व्याइज फुटबल क्लब काठमाण्डौं र एन आरटी क्लब काठमाण्डौ बिच हुनेछ । फागुन २५ र २६ गते सेमिफाइनल खेल हुनेछ भने एक दिन ग्याप राखेर फागुन २८ गते फाइनल हुनेछ ।