AArya
RUMPUM
animated ellipse animated ellipse

लागुऔषध ब्राउनसुगरसहित २ जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३१ भाद्र २०७७, बुधबार १८:१०
252
Shares
झापा / झापाको मेचीनगर नगरपालिका १३ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले १२ ग्राम ब्राउनसुगरसहित मेचीनगर नगरपालिका १५ का २९ बर्षीय श्रीमत सोरेन र विर्तामोड नगरपालिका ५ का २७ बर्षीय पवनकुमार वसाकलाई पक्राउ गरेको हो ।

मे १ प ९९७२ नम्बरको मोटरसाईकल र मे ९ प ४९६१ नम्बरको स्कुटरमा सवार रहेका दुबै जनालाई चन्द्रगढी रोडमा रोकेर चेकजाँच गर्ने क्रममा उक्त परिणामको लागुऔषध बरामद भएको थियो । लागुऔषधसहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर