खबर पूर्वाञ्चल
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८१ अन्तरतग अवैध रुपमा लगाएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान अनुसार कार्तिक २३ गते धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङ,भेडेटार, प्रहरी चौकी आँखीसल्ला र त्रिवेणीबाट परिचालन भएको प्रहरी टोलीले शहिदभुमी गाउँपालिकाका विभिन्न एरिया इलाकाहरुका १७ रोपनी क्षेत्रफलमा प्राकृतिक रुपमा डाँडा पाखामा हुर्केका २४ हजार ४ सय गाँजाकाबोटहरु फडानी गरी जलाई नष्ट गरेको छ ।
यसै गरी भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटार, भोजपुर बाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउँपालिका विभिन्न एरिया इलाकाहरुको करिव १८ रोपनी पाखा बारीमा लगाएको १४ हजार १ सय गाँजाको बोट फडानी गरी जलाई नष्ट गरेको छ ।
तपाईको प्रतिक्रिया