AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पूर्व कप्तान ज्ञानेन्द्र मल्लले क्रिकेट जिवनबाट सन्यासको घोषणा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ श्रावण २०८०, शुक्रबार १६:०८
189
Shares
विराटनगर / नेपालका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले सवै खाले क्रिकेटबाट सन्यास लिएका छन् ।

आज काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै मल्लले १८ वर्षे आफ्नो लामो क्रिकेट जिवन सन्यासको घोषणा गरेका हुन् । मल्लले अहिले सन्यास लिनु उपयुक्त समय भएको समेत बताए । उनले घरेलु क्रिकेट पनि नखेल्ने बताए ।

मल्लले नेपालका लागि ३७ वटा एकदिवसीय र ४५ वटा टी–२० आई क्रिकेट खेलेका छन् । उनले ७७ वटा लिस्ट ए क्रिकेटमा १ हजार ८ सय २ रन बनाएका छन् ।

२००६ देखि राष्ट्रिय सिनियर टिममा नामिवियाविरुद्ध डेब्यु गरेका उनले २०२३ मा जिम्बावेस्थित हरारे मैदानमा आईसीसी विश्वकप क्वालिफायर्समा आयरल्यान्डसँग नेपालको जर्सीमा अन्तिम खेल खेलेका हन् ।

सन् २००९ मा पारस खड्काले कप्तानी पाएपछि १० वर्षसम्म ज्ञानेन्द्र उपकप्तानका रुपमा रहे । २०१९ नोभेम्बरमा पारसले कप्तानबाट राजीनामा दिएपछि ज्ञानेन्द्रले नेतृत्वको जिम्मेवारी पाएका थिए । उनी २०७८ मंसिरसँग नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान रहेका थिए । तर ज्ञानेन्द्रले खेलाडीको केन्द्रीय सम्झौता र सुविधाको बारेमा आवाज उठाउने समूहको नेतृत्व गर्दा नेपाल क्रिकेट संघ क्यानबाट अनुशासनको कारबाहीस्वरुप कप्तान पद गुमाएका थिए ।

कप्तानबाट हटाइएपछि ज्ञानेन्द्रले सन्दीपको कप्तानीमा ओमानमा टी–२० विश्वकप छनोट र युएईमा लिग टू खेले । तर, त्यसपछि भने उनी टिममा पर्न छाडेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर