AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

माईखोलामा आएको बाढीका कारण २२ घर डुबान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ जेष्ठ २०८२, शनिबार १३:५०
81
Shares
झापा । झापा गाउँपालिका–२ स्थित सुगाबथान क्षेत्रमा माईखोलामा आएको बाढीका कारण २२ घर डुबानमा परेका छन्।

मनसुन सुरु भएसँगै गए राति परेको लगातारको वर्षाले माईखोलामा बाढी आएर बस्तीमा पस्दा स्थानीयहरू सुरक्षित स्थानतर्फ सरेका छन्।

वडाध्यक्ष हिमाल चाम्लागाईका अनुसार सुगाबथान, मिलनबस्ती, कुवाडी, सडकबस्तीलगायत क्षेत्रहरूमा बाढी पस्दा ६० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको मकैबालीमा क्षति पुगेको छ। “माईखोलामा सामान्य बाढी आउँदा मात्रै यस्तो अवस्था भएको हो,” वडाध्यक्ष चाम्लागाईले बताए, “यदि ठूलो वर्षा भयो भने वडा नं १ र २ का तीन हजार घरधुरी विस्थापित हुने जोखिम छ।”

यता, यस वर्ष सदरमुकामभन्दा बढी वर्षा हुने मौसम पूर्वानुमान विभागको चेतावनीपछि स्थानीयवासीहरूमा थप त्रास बढेको छ। समयमै रोकथाम र सतर्कता नअपनाए अझ ठूलो क्षति हुन सक्ने स्थानीयको चिन्ता छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर