animated ellipse animated ellipse

होसियार ! सामाजिक सञ्जालमा झुठा अफवाद फैलाउँदा पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ जेष्ठ २०७७, बिहीबार १२:०३
3
Shares
विराटनगर / होसियार ! सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट झुठा अफवाद फैलाउँदै हुनुन्छ ? अनआवश्यक रूपमा सत्यतथ्य नबुझि झुठा अफवाद फैलाउँदै हुनुन्छ भने प्रहरीको फन्दामा पर्नुहोला । बुधबार यस्तै समाजिक सञ्जाल फेसबुकमा झुठा अफवाह फैलाएको आरोपमा ईलाका प्रहरी कार्यालय बेलबारीले एक जना युवालाई पक्राउ गरेको छ ।

प्रहरीले मोरङ सुन्दरहरैचा नगरपालिका – ९ का दिपक भनिने चेतनाथ देवकोटालाई पक्राउ गरेको हो ।

देवकोटाले सोमबार सुन्दरहरैचा नगरपालिका स्थित झरना पुलमा सडक दुर्घटना भएको विषयलाई लिएर फेसबुकमा स्टाटस लेखेका थिए । दुर्घटना भएको विषयमा तथ्य सत्य नबुझी देवकोटाले एम्बुलेन्सले ठक्कर दिएको भनी सामाजिक सञ्जालमा झुठा अफवाह फैलाएका थिए । प्रहरीले सिसिटिभी फुटेजका आधारमा अनुसन्धान गर्दै जादा साइकल र मोटरसाइकल ठक्कर भई मोटरसाइकल अनियंत्रित भई दुर्घटना भएको बताएको थियो ।

घटनाको सत्य तथ्य नबुझि सामाजिक सद्भाव भड्किने र झुठा सूचना सम्प्रेषण गरेको आरोपमा देवकोटालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । देवकोटालाई जिल्ला प्रशासन कार्यालय मोरङमा म्याद थप गरि थप अनुसन्धान भईरहेको इलका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।

सामाजिक सद्भाव भड्किने र झुठा सुचना सम्प्रेषण गर्ने जो कोहिलाई पनि कानुनी कार्वाही गरिने उनले बताए । प्रहरी निरीक्षक ढकालले सामाजिक सञ्जालबाट कुनै पनि सामाजिक सद्भाव विथोलिने गरि झुठा आरोप नफैलाउन आग्रह गर्दै सामाजिक सद्भाव कायम राख्न सबैलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर