खबर पूर्वाञ्चल
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रोडशेष विराटनगरबाट निकालिएको प्रभातफेरी रोडशेष चोक, पाञ्चाली चोक, वस पार्क एवं महेन्द्र चोक पुगी कोण सभामा परिणत भएको थियो ।
आन्तरिक मामिला तथा कानूनमन्त्री लिलावल्लभ अधिकारी, विभिन्न मन्त्रालयका सचिव, प्रदेश कार्यालयका कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, स्काउटका स्वयंसेवक, विभिन्न संघसंस्थाका प्रतिनिधि, नागरिक समाज र सञ्चारकर्मीहरुको सहभागिता थियो ।
आन्तरिक मामिला तथा कानूनमन्त्री अधिकारीले कोण सभामा नेपाली जनताले ठूलो त्याग एवं वलिदान पछि ल्याएको संघीय गणतन्त्रको संरक्षण र सम्वद्र्धन गर्नुपर्ने जिम्मेवारी हामीसबैको काँधमा आएको बताए । उनले गणतन्त्र ल्याउन आफ्नो जीवन आहुति दिने ज्ञात अज्ञात शहीद प्रति हार्दिक श्रद्धान्जलि समेत व्यक्त गरे ।