AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मोरङको कटहरीमा दुर्घटना, साइकल यात्रीको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ जेष्ठ २०८०, आईतवार १८:३२
630
Shares
विराटनगर / मोरङको कटहरी गाउँपालिका–२ मा सवारी दुर्घटनामा परी एक जना साइकल यात्रीको मृत्यु भएको छ ।

कटहरी २ गोपाल फन पार्क अगाडी ट्रकको ठक्करबाट साईकल यात्रीको आज दिउँसो मृत्यु भएको हो ।

पश्चिमबाट पूर्वतर्फ जादै गरेको प्रदेश १–०२–००१ ख ८४३९ नम्बरको ट्रकले सोही दिशा तर्फ जादै गरेको साईकल यात्री इलाम तिल्केनीका २१ बर्षीय सुशिल पौडेललाई ठक्कर दिँदा घाईते भएका पौडेलको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालक सप्तरी खडक नगरपालिका–११ का ४० बर्षीय सुरज लाल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिईको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर