RUMPUM
animated ellipse animated ellipse

महाप्रबन्धक राई –रासस प्रदेश कार्यालय विराटनगर निरीक्षण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० श्रावण २०७८, बुधबार १६:५५
486
Shares
विराटनगर/ राष्ट्रिय समाचार समिति(रासस)का महाप्रबन्धक सिद्धराज राईले रासस सेवालाई गतिशील एवं सुदृढ बनाउने बताएका छन् ।

रासस प्रदेश १ कार्यालय विराटनगरको निरीक्षण एवं अवलोकन गर्दै उनले रासस सेवा जति बलियो एवं सुदृढ भए त्यति नै राज्य र जनता लाभान्वित हुने बताए । उनले राससको भौतिक सम्पति धेरै पुरानो भइसकेको अवस्थामा यसलाई समय अनुकुल सुधार गर्नु पर्ने खाँचो औँल्याउँदै भने,‘ यो समितिमा कार्यरत समाचारदाताहरु पनि आर्थिक रुपमा सबल हुनु पर्ने र यसका लागि राससले छिट्टै योजना सहित अघि बढ्ने विश्वास व्यक्त्त गरे ।

रासस प्रदेश १ कार्यालयका प्रमुख मोहम्मद सदरुलले कार्यालयको भौतिक निर्माण, गतिविधि एवं समाचारदाता र समाचारका विषयमा जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर