खबर पूर्वाञ्चल
जिल्ला अदालत मोरङकी न्यायाधीश दुर्गा खड्काको इजलासले कारागार चलानको आदेश दिएको छ । विकमाथि शिक्षक श्रेष्ठको हत्यामा संलग्न भएको आरोप पनि छ । कर्तब्य ज्यान मुद्दाको थुनछेक भने हुन बाँकी छ ।
सङ्खुवासभाको मादी नगरपालिका–४ ओखरबोटे घर भएका विकलाई व्यापारीसँग चन्दा लिन जाँदै गरेको अवस्थामा मोरङको बूढीगङ्गा गाउँपालिका–४ बाट गत माघ ७ गते हतियारसहित पक्राउ गरिएको थियो ।
को २४ प ४००५ नम्बरको मोटरसाइकलमा सवार विकको साथबाट एउटा सेमी अटोमेटिक पेस्तोल, तीन राउन्ड गोली, म्यागजिन, विभिन्न ब्रान्डका मोबाइलहरू, सिमकार्ड, सवारी चालक अनुमति पत्र बरामद भएको थियो ।
पक्राउ परेका विकमाथि सोधपुछ गर्दा मोरङको मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्रकुमार श्रेष्ठको अपहरणपछि हत्या गरिएको घटनामा पनि उनको संलग्नता देखिएको प्रहरीको भनाई छ ।