AArya
RUMPUM
animated ellipse animated ellipse

स्रोत नखुलेको ३ लाखसहित भारतीय नागरिक विराटनगरबाट पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ पुष २०८२, शुक्रबार १६:१२
63
Shares
विराटनगर / स्रोत नखुलेको ३ लाख ३ हजार १०० नेपाली रूपैयाँसहित एक भारतीय नागरिक विराटनगरबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारत विहारको फारबिसगञ्जका ५५ वर्षीय नन्दलाल बाहेती रहेका छन्।

जोगवनीबाट बीआर ३८ एए ८३०६ नम्बरको स्कुटरमा विराटनगरतर्फ आउँदै गरेका बाहेतीलाई अस्थायी प्रहरी पोस्ट मटेरुवाको टोलीले विराटनगर–१७ बाट आज विहान नियन्त्रणमा लिएको हो। उनको पाइन्टको भित्री भागमा लुकाइछिपाइ राखिएको अवस्थामा १ हजार, ५ सय र १ सय दरका नोटहरू बरामद गरिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन्।

बरामद रकम अवैध हुण्डी कारोबारको हुन सक्ने प्रहरीको अनुमान छ। बाहेतीलाई स्कुटर र नगद सहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर