animated ellipse animated ellipse

प्रथम रविदानन्द चौधरी कप राइजिङ भेट्रान सेमिफाइनलमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ कार्तिक २०८१, बिहीबार १९:२२
567
Shares
विराटनगर रसुनसरी इटहरीको राइजिङ भेट्रान्स क्लब प्रथम रविदानन्द चौधरी स्मृति कप भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

मोरङको ग्रामथान गाउँपालिका ७ गणेश माविको खेल मैदानमा आज भएको खेलमा ढल्केजोवन भेट्रान प्रकाशपुरलाई ४–३ गोलले टाइब्रेकरमा हराउँदै राइजिङ भेट्रान क्बल सेमिफाइलनमा पुगेको हो ।

निर्धारित समयसम्म १(१ गोलको बराबरी भएपछि जितको छिनोफानो टाइब्रेकरबाट भएको हो ।

खेलको प्लेयर्स अफ द म्याच राइजिङ भेट्रानका गोलकिपर राजकुमार बिश्वकर्मा घोषित भए । उनले नगद १ हजार पाए ।

शुक्रबारको खेल सुन्दरहरैचना भेट्रान र बोरावन भेट्रान बेलबारीबीच हुने टाईगर क्लव ग्रामथानका अध्यक्ष मुक्ति गच्छदारले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर