खबर पूर्वाञ्चल
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १७४, मोरङमा १५९, सुनसरीमा ८५, इलाम र उदयपुरमा ६–६, संखुवासभा र ते¥हथुममा ४–४, धनकुटामा ३, खोटाङमा २, ताप्लेजुङ, पाँचथर, भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको छ ।
झापाको विर्तामोडमा ५०, दमकमा ४४, शिवसताक्षीमा २३, अर्जुनधारा र मेचीनगरमा १४–१४, कनकाईमा १२, बा¥हदशी, गौरादह, कमल गाउँपालिका र गौरीगञ्जमा ३–३, भद्रपुर र बुद्धशान्तिमा २–२ र स्थानीय तह नखुलेका १, मोरङको लेटाङमा ४७, विराटनगरमा ४५, सुन्दरहरैचा र उर्लाबारीमा १४–१४, केराबारीमा १३, पथरीशनिश्चरेमा ७, कानेपोखरीमा ५, बुढीगंगामा ४, बेलबारी, कटहरी र सुनबर्षीमा २–२, मिक्लाजुङ, रतुवामाई, रंगेली र ग्रामथानमा १–१, सुनसरीको इटहरीमा ६६, रामधुनीमा ५, धरानमा ४, इनरुवामा ३, बर्जु, दुहवी र बराहक्षेत्रमा २–२ र गढीमा १, इलामको इलाम नगरपालिका, चुलाचुली, माई, सुर्योदय र मांसेबुङमा १–१, उदयपुरको त्रियुगामा ३, उदयपुरगढीमा २, बेलकमा १, संखुवासभाको खाँदबारी र धर्मदेवीमा २–२, ते¥हथुमको म्याङलुङमा ४, धनकुटाको धनकुटा नगरपालिकामा २, महालक्ष्मीमा १, खोटाङको बराहपोखरी र दिक्तेल रुपाकोट मझुवागढी १–१, ताप्लेजुङको आठराई त्रिवेणी, पाँचथरको हिलिहाङ, भोजपुरको भोजपुर नगरपालिकामा १–१ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ३५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०६ महिला र १४६ पुरुष संक्रमणमुक्त भएका हुन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ महिला र ४ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया