animated ellipse animated ellipse

पूर्वाञ्चलले जित्यो प्याब्सन स्पोर्ट्स मिटको उपाधि

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ माघ २०८०, आईतवार १९:०४
585
Shares
विराटनगर /१३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको उपाधि मोरङको सुन्दरहरैँचा नगरपालिका–६ दुलारीमा रहेको पूर्वाञ्चल एकेडेमीले जितेको छ ।

आज सम्पन्न भएको प्रतियोगितामा साविक विजेता पूर्वाञ्चलले १० स्वर्ण, ५ रजतसहित ६५ अंक ल्याएर प्याब्सन स्पोर्ट्स मिटको उपाधि जितेको हो ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङले आयोजना गरेको उक्त प्रतियोगितामा सुन्दरहरैँचामा रहेको सिद्धार्थ सेकेण्डरी स्कुलले दुई स्वर्ण, चार रजतसहित २२ अंक ल्याएर द्धितीय भएको छ ।

यस्तै विराटनगरको एभरेष्ट स्कुलले तीन स्वर्ण, ३ कास्य पदकसहित २१ अंक ल्याएर तृतीय भएको छ । यसैगरी ग्रामथान गाउँपालिकामा रहेको जनक मेमोरियलले १ स्वर्ण, १ रजत र ४ कास्य पदक सहित १६ अंक ल्याएर चौथो भएको छ ।

ग्रामथानका शारदा स्कुलले १ स्वर्ण, २ रजत र २ कास्य पदकसहित १५ अंक ल्याएर पाँचौ भएको छ । छैठौंमा विराटनगरको सगरमाथा र सातौंमा मदरटेरेसा स्कुल भएको छ ।

प्रतियोगिताको छात्रातर्फको उत्कृष्ट खेलाडी पूर्वाञ्चल एकेडेमीकी सृजना बि.क. घोषित भइन् । उनले खेलभरीमा पाँच वटा स्वर्ण पदक जितेकी थिइन् । यसैगरी छात्रतर्फको उत्कृष्ट खेलाडी सिद्धार्थ स्कुलका सुवोध चौधरी घोषित भए । उनले दुई स्वर्ण र एक रजत पदक जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर